६०० जनाले लिए उम्मेदवारी फिर्ता « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

६०० जनाले लिए उम्मेदवारी फिर्ता


२६ आश्विन २०७९, बुधबार


काठमाडौँ । प्रतिनिधि सभा र प्रदेशसभाका करिब ६ सय उम्मेदवारहरूले मनोनयनपत्र फिर्ता लिएका छन् ।

निर्वाचन आयोगका अनुसार प्रतिनिधि सभामा ११४ सहित प्रदेशसभामा ४८३ जनाले मनोनयनपत्र फिर्ता लिएका छन् । यो उम्मेदवारी रद्द भएकाहरूको संख्या समेत हो ।

निर्वाचन आयोगका अनुसार, प्रतिनिधिसभामा कुल २ हजार ५२६ जनाको उम्मेदवारी दर्ता भएकोमा अहिले घटेर २ हजार ४१२ पुगेको छ ।

प्रदेशसभामा ३ हजार ४७६ जनाको उम्मेदवारी परेकोमा अहिले घटेर २ हजार ९९३ भएको छ ।

बुधबार दिउँसोसम्म उम्मेदवारी फिर्ता लिने समयावधि तोकेको निर्वाचन आयोगले त्यसपछि उनीहरुको अन्तिम नामावली प्रकाशित गरेर निर्वाचन चिह्न समेत दिइसकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस