एमाले र गठबन्धनका कार्यकर्ताबिच झडप, एक जना घाइते « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

एमाले र गठबन्धनका कार्यकर्ताबिच झडप, एक जना घाइते


२६ आश्विन २०७९, बुधबार


काठमाडौँ । एमाले-गठबन्धनका कार्यकर्ताबिच झडप हुँदा एकजना घाइते भएका छन्।  

उम्मेदवारी फिर्ता गर्ने विषयमा निर्वाचन अधिकृतको कार्यालयमा गठबन्धन र एमाले कार्यकर्ताबिच धकेलाधकेल हुने क्रममा लडेर घाइते भएका माओवादी केन्द्रका नेता बालकृष्ण गैह्रेलाई थप उपचारका लागि चितवन रिफर गरिएको छ।

धकेलाधकेल (झडप) हुँदा लडेका गैह्रेलाई कालिगण्डकी नारायणी सामुदायिक अस्पतालमा उपचारको लागि पुर्‍याइएको थियो। अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर छविलाल थापाका अनुसार गैह्रेको रक्तचाप बढेको र चक्कर लाग्ने र वान्ता भइइरहकोले सिटीस्क्यानका लागि चितवन रिफर गरिएको हो। 

धकेलाधकेलको क्रममा लडेपछि भुईँमा उनको टाउको बजारिएर टाउकोमा चोट लागेको हो। धकेला धकेलमा लडेका गैह्रेको टाउकोमा भित्री चोट लागेको र चोट कस्तो प्रकृतिको छ सिटिस्क्यान पछि थाहा हुने थापाले बताए।

काँग्रेस र माओवादी केन्द्रबीच सहमति पश्चात प्रतिनिधि सभाको उम्मेदवारी फिर्ता लिन मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका गैह्रेलाई समय सकिएको भन्दै एमाले कार्यकर्ताले रोक्ने प्रयास गरेका थिए। एमाले कार्यकर्ताले रोक्ने प्रयास गरेपछि गठबन्धन र एमाले कार्यकर्ता बिच हात हालाहालको स्थिति भएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस