वाङ्‍मय शताब्दी पुरुष जोशीलाई डिलक्स क्याबिनमा सारियो « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

वाङ्‍मय शताब्दी पुरुष जोशीलाई डिलक्स क्याबिनमा सारियो


२६ आश्विन २०७९, बुधबार


काठमाडौँ । संस्कृतिविद् एवम वाङ्‍मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई डिलक्स क्याबिनमा सारिएको छ ।

किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालका निर्देशक डा.सुरज बज्राचार्यका अनुसार जोशीको स्वास्थ्यमा केही सुधार भएको र दोहोरो कुरा गर्न सक्ने अवस्थामा छन् ।

‘उहाँ सामान्य दोहोरो कुरा गर्न सक्ने अवस्थामा हुनु भएको र कमजोरी कायमै रहँदा डिलक्स क्याबिनमा सिफ्ट गरी सघन उपचार कक्ष सरहकै सुक्ष्म निगरानीमा राखिएको छ,’ डा. बज्राचार्यले भने ।

किष्ट मेडिकल कलेजले जोशीको सम्पूर्ण उपचार निःशुल्क सेवा गर्दै आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस