उम्मेदवार नभएका पार्टीको चिह्न पनि स्वतन्त्रले नपाउने! « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

उम्मेदवार नभएका पार्टीको चिह्न पनि स्वतन्त्रले नपाउने!


२६ आश्विन २०७९, बुधबार


काठमाडौँ । निर्वाचन आयोगले आगामी संसदीय निर्वाचनका लागि प्रत्यक्षतर्फ मनोनयन दर्ता गराएका उम्मेदवारको आज अन्तिम नामावली प्रकाशित गर्दै छ । आयोगले उम्मेदवारहरुलाई चुनाव चिह्न पनि आजै प्रदान गर्दै छ ।

आयोगले उम्मेदवारलाई चिह्न प्रदान गर्ने विषयमा प्रक्रिया र मापदण्ड पनि सार्वजनिक गरेको छ । जसअनुसार कुनै क्षेत्रमा कुनै पार्टीको उम्मेदवार नै नरहे पनि उक्त पार्टी चुनाव चिह्न भने अन्य उम्मेदवारले पाउने छैनन् ।

यस्तै, उम्मेदवारले एक दलको चिह्नमा पाएपछि पार्टी त्यागे वा अर्को दलमा प्रवेश गरेको अवस्थामा पनि पुरानै चिह्न कायम हुनेछ ।

उसले चुनाव जितेको खण्डमा चिह्नवाला पार्टीले उजुरी गरेको अवस्थामा उनको पद जाने आयोगले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस