भन्सार छलीको आशङ्कामा वीरगञ्जबाट तीनवटा ट्रक नियन्त्रणमा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

भन्सार छलीको आशङ्कामा वीरगञ्जबाट तीनवटा ट्रक नियन्त्रणमा


२५ आश्विन २०७९, मंगलबार


काठमाडौँ। सशस्त्र प्रहरीले वीरगञ्जबाट भन्सार छलीका सामान बोकेको आशङ्कामा तीन वटा ट्रक नियन्त्रणमा लिएको छ । ना ३ ख १००९, ना ६ ख ७१ र ना ६ ख १८७८ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो ।

सोमबार राति साढे ११ बजे बोर्डर आउटपोष्ट ड्राईपोर्ट र सिर्सियाबाट खटिएको सशस्त्र प्रहरी टोलीले वीरगञ्ज-२४ रामगढवाबाट सामान सहितका ती ट्रकहरूलाई नियन्त्रणमा लिएको थियो ।

बिलमा उल्लेख भएको भन्दा बढी कस्मेटिक, लेडिज जुत्ता, स्टेसनरी तथा ईलेक्ट्रिक सामान लोड गरिएको तीन वटा ट्रक नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपाल १३ नं हेड क्वाटरले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक सन्तोष कुमार बस्नेतका अनुसार बरामद भएका सामानको मूल्य २३ लाख ४८ हजार ८ सय ५८ रुपैयाँ मूल्याङ्कन गरिएको छ । भने तीन वटा ट्रकको मूल्य ९० लाख पर्ने अनुमान गरिएको छ ।

तीन वटा ट्रक सहित १ करोड १३ लाख ४८ हजार ८ सय ५८ मूल्य बराबरको सामान आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको उनले जानकारी दिए ।

जय माँ दुर्गा रोड क्यारियर्स बाट लोड भएको ना ३ ख १००९ नम्बरको ट्रकमा लोड भएको सामानको सामानको मूल्य १० लाख ५४ हजार ६ सय ३६, श्री दुर्गा रोड क्यारियर्सबाट लोड भएको ना ६ ख ७१ नम्बरको ट्रकमा लोड गरिएको सामानको मूल्य रु ९ लाख ३२ हजार ६ सय ८० र श्री दुर्गा रोड क्यारियर्सबाट लोड भएको ना ६ ख १८७८ नम्बरको ट्रकमा राखिएको सामानको मूल्य रु। ३ लाख ६१ हजार ५ सय ३७ रुपैयाँ कायम गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस