२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रभु साहमाथि कारबाही गर्ने एमालेको तयारी

अ+ अ-

काठमाडौँ । एमालेले स्थायी कमिटी सदस्य प्रभु साहमाथि कारबाहीको तयारी थालेको छ । 

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एमालेबाट टिकट लिएर अन्तिममा साहले स्वतन्त्र उम्मेदवारी दर्ता गरेपछि कारबाहीको तयारी थालिएको एमालेका एक नेताले जानकारी दिए । उनका अनुसार साहमाथि कारबाही गर्ने विषयमा पार्टी नेतृत्वभित्र छलफल चलिरहेको छ । 

गत आइतबार मनोनयन दर्ताको दिन अन्तिम समयमा साहले रौतहट ३ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गरेका थिए । तर, उनले आफूले एमालेबाटै उम्मेदवारी दर्ता गर्ने बताएका अध्यक्ष केपी ओलीले सार्वजनिक रूपमा जानकारी गराएका छन् । 

‘प्रभु साहले षड्यन्त्र गर्नुभयो । ५ बजेसम्म टिकट खल्तीमा राख्नुभयो, उम्मेदवारी दिँदै छु भन्नुभयो, मसँग कुरा भएको थियो । तर, ५ बजे वारिसनामा पठाएर स्वतन्त्र ढङ्गले उम्मेदवारी दर्ता गर्नुभयो । यो धोका भयो, बेइमानी भयो,’ एक अन्तर्वार्तामा ओलीले भनेका छन् । साथै ओलीले साहले सन्दिग्ध गतिविधि गर्दै आएको सूचना पहिल्यै आए पनि विश्वास नगरेको बताए । 

रौतहटमात्र नभएर मधेस प्रदेशमै एमाले खाली गराउने गरी साहको गतिविधि भइरहेको सूचना सत्य रहेको उम्मेदवारी दर्ताले पुष्टि गरेको भन्दै ओलीले पनि उनीमाथि कारबाही गर्ने सङ्केत गरेका छन् ।

ओलीले साहबारे सार्वजनिक अभिव्यक्ति दिएपछि एमालेका जिम्मेवार नेताहरूले पनि धारणा सार्वजनिक गर्न थालेका छन् । एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले साहलाई हरिया सर्पको संज्ञा दिँदै एक दिन डस्ने भएकाले ध्यान दिनुपर्ने बताएका छन् । 

चुनावको मुखमा मधेसमा एमालेलाई राजनीति धक्का दिनेगरी प्रभु साहले गतिविधि गरेको भन्दै उनीमाथि कारबाही गर्नुपर्ने दबाब नेतृत्वमाथि बढिरहेको एमाले निकट स्रोतले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस