नेप्सेमा २७ अङ्कको गिरावट « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

नेप्सेमा २७ अङ्कको गिरावट


२४ आश्विन २०७९, सोमबार


काठमाडौँ । दसैँपछि आइतबार खुलेको सेयर बजारमा ४४ अङ्कमाथिको वृद्धि भएको थियो । तर, लगत्तै दोस्रो दिन २७ अङ्कमाथिको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन नेप्से सूचक २७।१६ अङ्कले घट्दै १८७१.२२ अङ्कमा झरेको हो । 

यस्तै आज क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ५.३६ अङ्कले घट्दै ३६६.८४ अङ्कमा झर्न पुगेको छ । २७ अङ्कमाथिले घटेको बजारमा आज जम्मा ९७ करोड १७ लाख रुपैयाँ बराबरको मात्र सेयर कारोबार भएको छ ।

आज म्युचुअल फन्ड बाहेकका १२ वटा उपसूचक ऋणात्मक भएका छन् । सबैभन्दा बढी डेभलपमेन्ट बैङ्क समूहको २.६५ प्रतिशतले घटेको छ भने फाइनान्स र हाइड्रोपावर समूहको उपसूचक क्रमशः २.३९ प्रतिशत र २.१५ प्रतिशतले घटेका छन् । अन्य समूहको उपसूचक भने २ प्रतिशतभन्दा कमले घटेका छन् । म्युचुअल फण्ड समूहको उपसूचक भने ०.८४ प्रतिशतले बढेको छ ।  

Tags :
प्रतिक्रिया दिनुहोस