विदेशी दबाबमा परेर मलाई टिकट दिएनन् : गङ्गा चौधरी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

विदेशी दबाबमा परेर मलाई टिकट दिएनन् : गङ्गा चौधरी


२४ आश्विन २०७९, सोमबार


काठमाडौँ । निवर्तमान सांसद तथा एमाले केन्द्रीय सदस्य गङ्गा चौधरीले आफ्नो पार्टी नेतृत्वमाथि गम्भीर आरोप लगाएकी छन् ।

हिजो आइतबार स्वतन्त्र उम्मेदवारी मनोनयन गराएकी चौधरीले दाङमा आज सोमबार बिहान सञ्चारकर्मी तथा सर्वसाधारणसँग एक भेलामा बोल्दै एमाले नेतृत्वले विदेशी दबाबमा परेर आफूलाई प्रतिनिधिसभाको प्रत्यक्षतर्फ टिकट नदिएको आरोप लगाएकी हुन् ।

विगतमा प्रतिनिधिसभाबाट तत्कालीन सांसद सरिता गिरिलाई आफूले आउट गर्न भूमिका खेलेको भन्दै उनले गर्व गरिन् । आफूलाई एमसीसीको विरुद्धमा आवाज उठाएको नतिजास्वरुप दण्डित गरिएको दाबी गरिन् ।

चौधरीका भनाइहरूबाट अब उनी एमालेमा छैनन् भन्ने अर्थ लाग्छ । तर यो वाक्य उनले सिधै घोषणा भने गरेकी छैनन् ।

Tags :
प्रतिक्रिया दिनुहोस