कालिकोटमा मलामी गएका १३ जना हराएको पुष्टि « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

कालिकोटमा मलामी गएका १३ जना हराएको पुष्टि


२४ आश्विन २०७९, सोमबार


काठमाडौँ । कालिकोटको तिलागुफा-४ राँचुलीमा मलामी गएका १३ जना बेपत्ता भएको पुष्टि भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

आइतबार तिला नदी किनारमा लास जलाउँदा जलाउँदै पहिरो झरेपछि मलामी गएकाहरुको भागाभाग भएको थियो । तिनैहरुमध्ये १३ जना हराएको पुष्टि भएको प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले जानकारी दिए ।

गाउँका अन्य घरहरु पनि पहिरोको जोखिममा परेकाले केही स्थानीयवासी कालिका माविमा आश्रय लिएर बसेको पनि प्रजिअ शर्माले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस