सुनको मूल्य घट्यो, आज तोलामा कति ? « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

सुनको मूल्य घट्यो, आज तोलामा कति ?


२४ आश्विन २०७९, सोमबार


सुनसहित एकजना पक्राउ

काठमाडौँ । सोमबार नेपाली बजारमा सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेको छ। आइतबार प्रतितोला ९६ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ८ सय रुपैयाँले घट्दै ९५ हजार २ सय रुपैयाँमा झरेको हो ।

दसैँपछि एकै पटक आइतबार खुलेको बजारमा ३ हजार रुपैयाँले बढेर सुनको मूल्य ९६ हजार रुपैयाँमा पुगेको थियो ।

यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा ८ सय रुपैयाँले नै घट्दै ९४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा तोलामा २५ रुपैयाँले घट्दै आज १ हजार २३० रुपैयाँमा कारोबार भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस