बिजुली महसुल तिर्ने काउन्टर शनिबार बन्द हुने « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

बिजुली महसुल तिर्ने काउन्टर शनिबार बन्द हुने


२४ आश्विन २०७९, सोमबार


काठमाडौँ । बिजुली महसुल तिर्ने काउन्टर अब शनिबार बन्द हुने भएको छ।

प्राधिकरणले आगामी कात्तिक १ गतेदेखि शनिबार विद्युत महसुल संकलन गर्ने काउन्टर बन्द गर्ने भएको छ।

प्राधिकरणले सूचना निकालेर विभिन्न सेवा प्रदायक कम्पनीमार्फत हरेक दिन बिहान १० देखि राति १२ बजेसम्म अनलाइन भुक्तानीको सुविधा भएकाले शनिबार महसुल काउन्टर बन्द गर्ने जनाएको हो।

अनलाइन मार्फत महसुल तिर्न सकिने भएकाले शनिबार महसुल काउन्टर खोल्नु नपर्ने प्राधिकरणको तर्क छ। यसअघि प्राधिकरणले घुइँचो कम गर्न अतिरिक्त शनिबार पनि महसुल संकलन काउन्टर खुला राख्ने गरेको थियो ।

हेर्नुस् सूचना:

Tags :
प्रतिक्रिया दिनुहोस