स्वार्थ समूहका कारण राष्ट्रियसभामा पुगेर विधेयक रोकियो : कानुनमन्त्री कोइराला « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

स्वार्थ समूहका कारण राष्ट्रियसभामा पुगेर विधेयक रोकियो : कानुनमन्त्री कोइराला


२३ आश्विन २०७९, आइतबार


काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले अवैध सम्पत्तिलाई वैध बनाउने क्रियाकलाप रोक्न आफूले ल्याएको विधेयक स्वार्थ समूहका कारण राष्ट्रियसभामा पुगेर अघि बढ्न नसकेको बताएका छन् ।

आइतबार आफ्नो कार्यकालमा गरेका कामबारे जानकारी गराउन सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा उनले आफूले ल्याउन खोजेको उक्त विधेयक रोकिएको विषयमा प्रष्टीकरण दिएका हुन् । नेपालमा हुने वित्तीय अपराधलाई नियन्त्रण गर्न ल्याइएको विधेयक राष्ट्रियसभामा पुगेपछि स्वार्थ समूहको सिकार भएको दाबी गरे ।

मन्त्री कोइरालाले न्यायालय सुधारको काम भने आफूले प्रशस्त गरेको दाबी गरे । न्यायालय सुधारमा बाधाको रूपमा रहेको न्यायाधीश नियुक्तिको कामलाई निर्देशिका बनाएर आफूले न्यायालय सुधारका ठूलो काम गरेको उनको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस