काठमाडौँ । सत्तारूढ गठबन्धनका तर्फबाट माओवादी उम्मेदवारप्रति असन्तुष्ट कास्कीका ३७ जना नेता/कार्यकर्ताले सामूहिक राजीनामा दिएका छन्।
कास्की-३ प्रदेशसभा ‘क’ का नेता दुर्गादत्त भण्डारीलाई प्रदेशसभा ‘ख’बाट उम्मेदवार उठाएको भन्दै उनीहरूले सामूहिक राजीनामा दिएका हुन्।
राजीनामा पत्रमा उनीहरूले पार्टीको प्रदेश कमिटी र जिल्ला समन्वय कमिटीले सिफारिस गरेको भन्दा बाहिरबाट उम्मेदवार उठाएका कारण राजीनामा दिनुपरेको उल्लेख गरेका छन्।
राजीनामा दिनेहरूमा माओवादी गण्डकी प्रदेश कमिटी सदस्यहरू नवराज भण्डारी, भोजराज पौडेल, पोखरा महानगर कमिटी उपाध्यक्ष भानुभक्त अधिकारी, माछापुच्छ्रे गाउँपालिका कमिटी उपाध्यक्ष गोपाल पोखरेललगायत छन्।