गठबन्धनको बैठकमा जसपाका नेताहरू अनुपस्थित « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

गठबन्धनको बैठकमा जसपाका नेताहरू अनुपस्थित


२१ आश्विन २०७९, शुक्रबार


काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का नेताहरू सत्ता गठबन्धनको बैठकमा अनुपस्थित भएका छन् । सिट बाँडफाँटका लागि बालुवाटारमा जारी गठबन्धनको बैठकमा जसपाकातर्फबाट कुनै नेता उपस्थित छैनन् ।

जसपाका अध्यक्ष उपेन्द्र यादवले पनि आफू घरमै रहेको जानकारी दिए ।

जसपाले एमालेसँग सहकार्यको प्रक्रिया अगाडि बढाएको छ । गठबन्धनबाट कम सिट पाइने भएपछि जसपाले एमालेसँग चुनावी तालमेल गर्न थालेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस