२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मन्दिरको भेटीबाट शिक्षकलाई तलब

अ+ अ-

काठमाडौँ । भीमदत्त नगरपालिका-ब्रह्मदेबस्थित सिद्धनाथ माध्यमिक विद्यालयका शिक्षकहरूलाई तलब खुवाउन सिद्धनाथ मन्दिर संरक्षण समितिले भेटीको रकमबाट आर्थिक सहयोग गरेको छ ।

विद्यालयसँग आन्तरिक आम्दानीका स्रोत नभएर निजी स्रोतमा कार्यरत शिक्षकलाई तलब खुवाउन नसकिएपछि मन्दिर समितिले सहयोग गरेको हो ।

समितिले विद्यालयलाई यस वर्ष रु तीन लाख ९६ हजार सहयोग दिएको छ । समितिले भेटी, पसल बहाल र मन्दिरमा चढाइने प्रसादको ठेक्काबाट आम्दानी गर्दै आएको छ ।

समितिले सहयोग गरेपछि विद्यालयले निजी स्रोतका शिक्षकलाई तलब खुवाएको छ । विद्यालयमा निजी स्रोतका शिक्षकले तीन वर्षदेखि तलब खान पाएका थिएनन् ।

विद्यालयसित आन्तरिक स्रोत नभएपछि मन्दिर समितिलाई सहयोगका लागि आग्रह गरिएको थियो । विद्यालयका प्रधानाध्यापक उद्धव चन्दले मन्दिर समितिले सहयोग गरेपछि मात्रै शिक्षकलाई तलब खुवाउन सकिएको बताए ।

कक्षा एकदेखि १२ सम्म पठनपाठन हुने यस विद्यालयमा सात सयभन्दा बढी विद्यार्थी छन् । आधारभूत तहका पाँच दरबन्दी बाहेक अन्य सबै तहमा दरबन्दी अपुग छन् । त्यस बाहेक मावि तहका पाँच दरबन्दीमा एक जना मात्रै कार्यरत छन् ।

माविमा एक जना अनुदानमा कार्यरत छन् । निमाविमा राहतका तीन जना बाहेक अन्य स्थायी दरबन्दी शून्य छ । कक्षा ११ र १२ मा पिरियडका आधारमा तलब दिने गरी निजी स्रोतका पाँच शिक्षक कार्यरत छन् ।

बाल विकासमा एक जना र निमावि तहमा निजी स्रोतबाट विज्ञान शिक्षक राखिएको छ । दरबन्दी अनुसार शिक्षक नभएपछि आधारभूत तहका शिक्षकलाई माथिल्ला कक्षामा पठनपाठनको जिम्मेवारी दिइएको छ ।

विद्यालयका प्रधानाध्यापक चन्दले निजी स्रोतका शिक्षक कर्मचारीलाई तीन वर्षदेखि तलब दिन नसकिएको र अहिलेसम्म विद्यालय रु २५ लाख घाटामा देखिएको बताए ।

सरकारले कक्षा १२ सम्मको शिक्षालाई निःशुल्क घोषणा गरेपछि विद्यार्थीबाट शुल्क लिन रोक लगाइएको छ ।

सरकारले निःशुल्क घोषणा गरेपछि विद्यालयमा दरबन्दी अनुसारका शिक्षक पूर्ति गर्न नसक्दा विद्यालय बर्सेनि घाटामा गएको छ ।

प्रतिक्रिया दिनुहोस