२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मनाङमा वर्षासँगै हिमपात, पर्यटकलाई सतर्कता अपनाउन अनुरोध 

अ+ अ-

काठमाडौँ । हिमाली जिल्ला मनाङमा वर्षासँगै हिउँ परेको  छ। मंगलबार रातिदेखि परेको अविरल वर्षाका कारण बिहीबार बिहानबाट हिउँ पर्न थालेको हो। 

मनाङ ङिस्याङ गाउँपालिका र नार्पाभूमि गाउँपालिकाका केही क्षेत्रमा हिउँ परेको स्थानीयले बताएका छन्। 

मनाङको माथिल्लो क्षेत्रको थोराङलापास, बेसक्याम्प, याकखर्च, तिलिचो क्षेत्रमा हिमपात भइरहेको छ। 

हिमपातका कारण माथिल्लो क्षेत्रमा  बिधुत र  इन्टरनेट  समेत प्रभावित छ। मोबाइल नेटवर्कमा पनि समस्या भएको स्थानीय पाल्साङ गुरुङले बताए। मनाङमा गत वर्ष मंसिर १६ गते पहिलो पटक हिउँ परेको थियो।

मनाङका प्रमुख जिल्ला अधिकारी रविन्द्रप्रसाद आचार्यका अनुसार केही दिनदेखि लगातार भइरहेको मनसुनी प्रभावका कारण भारी बर्षासगै माथिल्लो क्षेत्रमा हिमपात भएको छ। 

नार्पाभूमि र मनाङ ङिस्याङ गाउँपालिका लगायतको उच्च भूभागमा हिमपात भएको हो। निरन्तर वर्षासँगै हिमपात भइरहेकाले नागरिकलाई सचेत रहन आग्रह गरिएको छ। 

हाल पर्यटकीय सिजन भएकाले स्वेदशी तथा विदेशी पर्यटक, पदयात्री एवं स्थानीय बासिन्दालाई समेत सचेत रहन मनाङ प्रशासनले अनुरोध गरेको छ। 

नदी तटमा रहेका बस्तीका बासिन्दालाई पूर्व सावधानी एवं सतर्कता अपनाउन , कोही पर्यटक कतै अलपत्र अवस्थामा रहेको भए तत्काल नजिकको प्रहरी कार्यालय र एक्यापको चेकपोस्टमा खबर गर्न भनिएको छ।

जिल्ला प्रशासन कार्यालय मनाङले प्रहरी कार्यालय, अन्नपूर्ण संरक्षण क्षेत्र चेकपोस्ट साथै गाउँपालिकाहरूले आआफ्नो क्षेत्रभित्र आवश्यक सहयोग, समन्वय एवं सूचना प्रदान गरी विपद् जोखिमलाई ध्यान दिई मानवीय एवं भौतिक क्षति हुन नदिन पूर्वसतर्कता अपनाउन अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस