२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाँकेका ४ गाउँ डुबानमा, झन्डै ८० घरपरिवार विस्थापित

अ+ अ-

काठमाडौँ । अविरल वर्षापछि राप्ती नदी र डुडुवा खोलामा आएको बाढी गाउँमा पस्दा डुडुवा गाउँपालिकाका चार गाउँ डुबानमा परेका छन्।

गाउँपालिकाअन्तर्गत कृषि चौफेरी, बडर चौफेरी, छोड्कु चौफेरी र सीता पुरुवा गाउँ डुबानमा परेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए।

उनका अनुसार डुबानबाट झन्डै ८० घरपरिवार विस्थापित भएका छन्। करिब दुई सय व्यक्तिलाई वडा नम्बर १, सीता पुरुवामा गाउँपालिकाले निर्माण गरेका तीनवटा भवनमा स्थानान्तरण गरिएको छ।

गाउँमा मानिसको कम्मरभन्दा माथि पानी बगे पनि मानिस र चौपायालाई हालसम्म कुनै क्षति नभएको फिल्डमा खटिएका सशस्त्र प्रहरी र नेपाल प्रहरीले जानकारी गराएको जिल्ला प्रहरी प्रवक्ता घर्तीले बताए।

बाढीले अन्नपात, लत्ताकपडा लगायत सबै कुरा भिजाएको र यसबाट करोडौँ क्षतिको अनुमान गरिएको उनले जानकारी दिए।

डुडुवा गाउँपालिका राप्ती नदी र डुडुवा खोलाको बीचमा पर्ने भूभाग हो। राप्ती र डुडुवा दुवैमा बाढी आउँदा राप्तीको बाढीले खोला थुनिन पुगी दुवैको पानी डुडुवा गाउँपालिकामा पसेको डिएसपी घर्तीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस