२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुदूरपश्चिममा ‘सात्त्विक’ दशैँ मनाइँदै

अ+ अ-

बैतडी । बडादशैँलाई खानपिनको पर्वका रूपमा चिनिन्छ । देशका विभिन्न ठाउँमा दशैँमा खानपिन गरी रमाइलो गरेर मनाइने भए पनि बैतडीसहित सुदूरपश्चिममा सात्त्विक हिसाबले दशैँ मनाइने गरिन्छ । सुदूरपश्चिममा पुस्तौँदेखि सात्त्विक दशैँ मनाइँदै आएको हो ।

मानसरोवर क्षेत्रसँग जोडिएको हुनाले यसलाई मानसखण्ड क्षेत्र भनिएको र मानसखण्ड शिवको तपोभूमि भएकाले यो क्षेत्रमा मनाइने चाडपर्वहरू सात्त्विक हिसाबले मनाउने चलन छ ।

दशैँको घटनास्थापनाको दिनदेखि नै धेरैजसोले नवरात्र उपासना तथा जाग्राम बसेर विजयादशमीको टीका ग्रहण गरेर मात्रै भोजन गर्ने चलन रहेको निङ्गलाशैनी भगवती मन्दिरका पुजारी देवदत्त भट्टले बताए । उनले भने, “परापूर्व कालदेखि नै यो क्षेत्रमा दशैँको बेला चोखो भोको रहने चलन छ । घटस्थापनादेखि नवरात्र उपासना गर्ने चलन छ । यो समयमा नवरात्र उपासना गर्नेहरूले शुद्ध शाकाहारी भोजन मात्रै खाने गर्दछन् ।”

दशैँको समयमा खानपिन गरेर रमाइलो गर्ने चलन रहेको भए पनि यो क्षेत्रमा सात्त्विक हिसाबले दशैँ मनाउने चलन रहेको संस्कृतिका जानकार आचार्य घनश्याम लेखकले बताए। दशैँका बेला देवीदेवताका मन्दिरमा पूजापाठ हुने भएकाले सादगी हिसाबले दशैँ मनाउने गरिएको छ । दशैँ शक्तिको पर्व भएकाले शक्तिको उपासना गरेर दशैँ मनाउने गरिएको उनको भनाइ छ । उनले भने, “दशैँमा शक्तिको पूजा हुन्छ । शक्ति प्राप्तिका लागि साधना आवश्यक छ । त्यसैले यो क्षेत्रमा दशैँका बेला चोखो भोको रहेर नवरात्र उपासन गर्ने चलन छ ।”

सुदूरपश्चिममा दशैँका बेला खानपिनभन्दा भक्ति भावमै बढी केन्द्रित हुने गरेको पाइन्छ । यो क्षेत्र सत्यको भूमि भएकाले यो बेला शक्तिकी अधिष्ठात्री देवी भगवतीको सात्त्विक हिसाबले पूजन हुन्छ ।

पितृ पक्षबाट नै शुद्ध शाकाहारी भोजन सुरु गरेका श्रद्धालुहरूले नवरात्रको दश दिनसम्म एक छाक मात्रै खाएर नवरात्र उपासना गर्ने गरेका छन् । विजयादशमीको टीका ग्रहण गरेपछि मात्रै खाना खाने चलन रहेको पण्डित भट्टले बताए । “दशैँका बेला मीठो मसिनो खाने, मासु खाने चलन देशका अन्य ठाउँमा छ तर यहाँका विभिन्न शक्तिपीठमा दशैँको दिन पूजाआजा हुने भएकाले सो दिन श्रद्धालुहरू व्रत बस्ने गर्छन्”, उहाँले भन्नुभयो ।

शक्तिपीठमा सामूहिक रूपमा जमरा
देशका अन्य ठाउँमा घरघरमा जमरा राखेर घटस्थापना गर्ने चलन रहिआएको भए पनि बैतडीसहित सुदूरपश्चिममा सामूहिक रूपमा मन्दिरहरूमा जमरा राख्ने चलन रहिआएको निङ्गलाशैनी मन्दिरका पुजारी भट्टले बताए । मन्दिरमा सामूहिक रूपमा जमरा राख्ने चलन बर्सौँ पहिलादेखि सुरु भएको र यसले सामाजिक सद्भावको विकासमा सहयोग पु¥याएको विश्वास गरिन्छ ।

जिल्लाका त्रिपुरा सुन्दरी, निङ्गलाशैनी, डिलाशैनी, मेलौली भगवती मन्दिरहरूमा सामूहिक रूपमा जमरा राखिएको छ । यस्तै महारुद्र, उदयदेव, सिगास, दोगडा, केदारलगायतका मन्दिरहरूमा पनि सामूहिक रूपमा जमरा राखिएको छ ।

दशैँ सामाजिक सद्भावको पर्व भएकाले यो समयमा सामूहिक रूपमा मन्दिरमा जमरा राख्ने चलन रहिआएको दशरथ चन्द नगरपालिका–२ का स्थानीयवासी रमेश बोहराले बताए। देवीदेवताका मन्दिरमा जमरा राखेर सामूहिक रूपमै पूजाआजा गर्ने चलन रहिआएको बोहराले जानकारी दिए । घटस्थापनाका दिन राखिएको जमरालाई धेरैजसो ठाउँमा अष्टमीका दिन काट्ने चलन छ । जमरा राखिएका मन्दिरमा रातमा समेत जाग्राम बसेर पूजाआजा गरिन्छ । जमरा देवीको प्रसादका रूपमा विजयादशमीका दिन मान्यजनको हातबाट टीकासँगै लगाइने गरिन्छ ।

दशैँको अवसरमा नवरात्रि उपासना गरेर पूजाआजा हुन्छ । दशैँका बेला शक्ति पीठहरूमा पूजाआजा गरेमा मनोकामना पूर्ण हुने जनविश्वास छ । दशैँको समयमा सामूहिक रूपमा पूजापाठ गरिने भएकाले घरबाहिर भएका, बसाइसराइ गरेर गएकाहरू पनि फर्कने गरेका छन् ।

शक्तिपीठमा दर्शनार्थीको घुइँचो
दशैँ सुरु भएसँगै बैतडीलगायत सुदूरपश्चिमका विभिन्न जिल्लामा रहेका देवी तथा अन्य देवताका मन्दिरहरूमा पूजाआजा गर्नेको घुइँचो लागेको छ ।

नवरात्र सुरु भएसँगै बैतडीका विभिन्न शक्ति पीठ र देवताका मन्दिरमा पूजाआजा सुरु भएको हो । धेरैजसो नागरिकले नवरात्रिको १० दिनसम्म चोखो भोको रहेर पूजापाठ गर्छन् ।

सुदूरपश्चिममा दशैँलाई गौरा पर्वसँगै जोडेर हेर्नुपर्ने र भदौ महिनामा गौरीका पूजा गरेजस्तै अश्विनी शुक्ल पक्षमा पनि सात्त्विक हिसाबले शक्तिकै पूजा गर्ने चलन रहेको छ । पितृ पक्षबाट नै शुद्ध शाकाहारी भोजन सुरु गरेका श्रद्धालुहरूले नवरात्रको दस दिनसम्म एक छाक मात्रै खाएर नवरात्र उपासना गर्ने गरेका छन् ।

स्थानीय उत्पादनको व्यापार बढ्यो
बैतडीका विभिन्न स्थानमा दशैँको अवसरमा लागेको मेलामा स्थानीय उत्पादनको व्यापार बढेको पाइएको छ । स्थानीय स्तरमा उत्पादन हुने फलफूलमा ओखर, केरा, अम्बा, दारिमलगायत फलफूलहरूको व्यापार बढेको स्थानीय व्यापारीहरूले बताएका छन् । यसका साथै निगालोबाट बनेका डोको, नाङ्लोलगायत सामग्रीको व्यापार बढेको व्यापारी दिनेश विष्टको भनाइ छ ।

निङ्गलाशैनी मन्दिरको मेलामा स्थानीय बासिन्दाले स्थानीय स्तरमा उत्पादित सामानहरूको बिक्री गर्ने गर्दछन् । मेलाका अवसरमा स्थानीय स्तरमा उत्पादित सामग्रीको व्यापारले स्थानीय बासिन्दाको आर्थिक अवस्थामा समेत परिवर्तन आउने बताइएको छ । स्थानीय उत्पादनले यस्तै मेलाका बेला बजार पाउने गरेको किसानहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस