३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चुनावी सर्वेक्षण गलत साबित, दोस्रो चरणको राष्ट्रपति चुनाव हुने

अ+ अ-

काठमाडौँ । ब्राजिलमा सम्पन्न पहिलो चरणको राष्ट्रपतीय निर्वाचनमा वर्तमान राष्ट्रपति जायर बोल्सोनारो र पूर्व राष्ट्रपति लुला दा सिल्भाबीच कडा प्रतिस्पर्धा भएको छ । ९९.८७५ मत गणना सकिँदा डी सिल्भाले ४८.४५ मत पाउँदा बोल्सोनारोले ४३.२३५ मत पाएका छन् ।

ब्राजिलको संविधान अनुसार चुनाव जित्नका लागि उम्मेदवारले कम्तीमा ५० प्रतिशत मत प्राप्त गर्नुपर्छ । प्राप्त मतपरिणामले शीर्ष दुई उम्मेदवारहरूबीच दोस्रो चरणको प्रतिस्पर्धा गर्नुपर्ने अवस्था सिर्जना भएको छ।

चुनाव अघि गरिएका सबै सर्वेक्षणमा पूर्वराष्ट्रपति लुलाले सहज जित दर्ता गर्ने बताइएको छ । केही सर्वेक्षणहरूमा त उनले ६५ प्रतिशतभन्दा बढी मत प्राप्त गरेको देखाइएको थियो ।

ल्याटिन अमेरिकाको सबैभन्दा ठूलो देश ब्राजिलमा दोस्रो चरणको राष्ट्रपतीय निर्वाचनबारे निर्णय ३० अक्टोबरमा हुनेछ । बोल्सोनारोले आफ्नो पक्षमा नतिजा नआएमा नतिजा स्वीकार नगर्ने बताइसकेका छन् । उनले विद्युतीय मतदानमा धाँधली भएको भन्दै मतदातालाई भ्रमित गरिरहेका छन् ।

वातावरणीय सन्तुलन, भोकमरी र खस्कँदै गइरहेको अर्थतन्त्र जस्ता चुनौतीहरूको सामना गरिरहेको ब्राजिलमा चुनावी परिणामले थप तनाव थपिने सम्भावना बढाएको छ ।

६७ वर्षीय बोल्सोनारोले आफ्नो कन्जरभेटिभ सोसल लिबरल पार्टीले कुनै पनि हालतमा चुनाव जित्ने जिकिर गरिरहेका छन् । २०१८ मा राष्ट्रपतिमा निर्वाचित उनी दोस्रो कार्यकालका लागि पनि विजय हुन चाहन्छन् ।

बोल्सोनारोले चुनाव हारे भने आफू पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बाटो पछ्याउने र नतिजा स्वीकार नगर्ने स्पष्ट पारेका छन् । लुला दा सिल्भा सन् २००३ देखि २०१० सम्म राष्ट्रपति थिए ।

प्रतिक्रिया दिनुहोस