मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना


१७ आश्विन २०७९, सोमबार


काठमाडौँ । बडादसैँको अष्टमीको दिन मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। प्रतिनिधि सभातर्फ एक मात्र निर्वाचन क्षेत्र रहेको हुम्लामा जिल्ला अदालत परिसरमै उक्त कार्यालय स्थापना गरिएको हो।

प्रमुख जिल्ला अधिकारी सीता परियारका अनुसार मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा सदस्यहरूको निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको हो।

सो कार्यालय जिल्ला अदालतमै स्थापना गरिएको छ। यसअघि सर्वपक्षीय बैठकले निर्णय गरेर मुख्य निर्वाचन अधिकृतको कार्यालय अदालतमै स्थापना गर्न निर्वाचन आयोगलाई सिफारिस गरेको थियो।

कार्यालय जिल्ला न्यायधीस एवं मुख्य निर्वाचन अधिकृत दिलप्रसाद साप्कोटाले ब्यानर उद्घाटन गरेका थिए। दसैँमा घर लागेका मुख्य निर्वाचन अधिकृत मनाउन नआएर आजै हुम्ला फर्किएका हुन्। उनी जिल्लामा पुगेलगत्तै कार्यालय स्थापना गरिएको हो।

कार्यालय स्थापनासँगै मंसिर ४ गतेको निर्वाचनको औपचारिक सुरुवात भएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस