२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डोटीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

अ+ अ-

डोटी । प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ का लागि डोटीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

प्रतिनिधी सभा निर्वाचन क्षेत्र १ रहेको डोटीमा शनिबार एक कार्यक्रमका बिच कार्यालय स्थापना गरिएको जिल्ला अदालत डोटीका न्यायधिस एवं मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्डेले बताए । कार्यालय स्थापना पश्चात् निर्वाचन आयोगले जारी गरेको कार्यतालिका अनुसारका कार्यहरू अगाडी बढाउने समेत मुख्य निर्वाचन अधिकृत पाण्डेले बताए ।

मङ्सिर ४ मा हुन गइरहेको प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनलाई निष्पक्ष, भयरहित वातावरणमा सम्पन्न गर्न सबै निकायले आ आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताइन् । निर्वाचनलाई शान्तामय तरिकाले सम्पन्न गर्न शान्ति सुरक्षा लगायतका आवश्यक व्यवस्थापकीय कार्यलाई व्यवस्थित रूपमा अगाडी बढाउने प्रजिअ श्रेष्ठले बताइन् ।

स्थानीय तहको निर्वाचन पश्चात् डोटी जिल्लामा १ हजार ३ सय १६ जना नयाँ मतदाता थप भएको जिल्ला निर्वाचन कार्यालय डोटीका निर्वाचन अधिकारी करुणा कर पन्तले बताए । उनका अनुसार डोटी जिल्लामा स्थानीय तहको निर्वाचनको समयमा १ लाख २३ हजार ५ सय ५४ मतदाता रहेका थिए भने उक्त संख्या बढेर हाल आएर १ लाख २४ हजार ८ सय ७० रहेको छ । जसमा ५९ हजार १ सय ३५ पुरुष र ६५ हजार ७ सय ३५ महिला रहेका छन् ।

डोटी जिल्लामा १ सय १५ वटा मतदान स्थल र १ सय ७७ वटा मतदान केन्द्र रहेका छन् । स्थानीय तहको निर्वाचन पश्चात् डोटीमा ६ वटा मतदान केन्द्रहरू थप भएको समेत निर्वाचन अधिकारी पन्तले बताए । उनका अनुसार आदर्श गाउँपालिकामा ३ वटा, के आई सिंह गाउँपालिकामा १ वटा, शिखर नगरपालिकामा १ वटा र सायल गाउँपालिकामा १ वटा नयाँ मतदान केन्द्रहरू थप भएका हुन् । मतदान स्थल भने साबिककै रहको बताए ।

निर्वाचन आयोग नेपालले सार्वजनिक गरेको कार्यतालिका अनुसार असोज २३ उम्मेदवारको मनोनयन पत्र दर्ता, मनोनयन पत्र दर्ता भएको उम्मेदवारको सुची प्रकाशन, असोज २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने, उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने, असोज २५ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने, असोज २६ गते उम्मेदवारको नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने, उम्मेदवारलाई निर्वाचन चिन्छ प्रदान गर्ने र मङ्सिर ४ मा मतदान गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस