त्रिभुवन विमानस्थलको ५ किलोमिटर भित्र ड्रोन उडाउन प्रतिबन्ध « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

त्रिभुवन विमानस्थलको ५ किलोमिटर भित्र ड्रोन उडाउन प्रतिबन्ध


१४ आश्विन २०७९, शुक्रबार


काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रियको ५ किलोमिटर क्षेत्र भित्र ड्रोन उडान प्रतिबन्ध लगाइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले शुक्रबार एक सूचना जारी गर्दै त्रिभुवन विमानस्थलको ५ किलोमिटर क्षेत्र भित्र ड्रोन नउडाउन सूचित गरेको हो ।

यस्तो कार्यले विमानको उडान सुरक्षामा गम्भीर असर पर्ने विमानस्थल कार्यालयको भनाई छ । यस्ता गतिविधि नगर्न भन्दै कार्यालयले अटेर गरेमा कानूनअनुसार कडा कारबाही गर्ने प्राधिकरणले चेतावनी दिएको छ ।

ड्रोन उडान सम्बन्धी नियम २०२१ ले विमानस्थलको आसपास ड्रोन उडाउन बन्देज गरे पनि पछिल्लो समय अटेर गरी ड्रोन उडाइरहेको पाइएको कार्यालयको भनाइ छ ।

सूचना !

Tags :
प्रतिक्रिया दिनुहोस