नारायणी नदी किनार सौन्दर्यीकरण गर्न टेन्डर आह्वान « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नारायणी नदी किनार सौन्दर्यीकरण गर्न टेन्डर आह्वान


१४ आश्विन २०७९, शुक्रबार


काठमाडौँ। नारायणी नदी किनारलाई समुद्री किनारको मोडलमा सौन्दर्यीकरण गर्ने योजना अनुसार काम गर्न बोलपत्र आह्वान भएको छ ।

नारायणी नदी व्यवस्थापन कार्यालयले आज बोलपत्र आह्वान गरेको हो । मेयर रेणु दाहालका अनुसार यो योजनाअनुसार नारायणी नदीको भरतपुर खण्ड र नारायणघाटदेखि गोलाघाटसम्म ५ वटा प्याकेजमा तटबन्धसहित सौन्दर्यीकरण गरिने छ ।

नदी किनारमा बगैँचा, पार्किङ, खेल मैदान, वाक वे (पैदल हिँड्ने स्थान) लगायतका संरचना बनाइने छ । यो योजनाबाट नदीले गर्ने कटान पनि नियन्त्रणमा आउने विश्वास छ ।

नारायणी नदी किनारको सौन्दर्यीकरण योजनामा २० करोड लागत लाग्ने अनुमान छ ।

Tags :
प्रतिक्रिया दिनुहोस