३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संसद्का ७ जना पदाधिकारीले गरे गाडी फिर्ता, अझैँ यी १२ पदाधिकारी बाँकी

अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभाको कार्यकाल सकिएको २ साता पुग्न लाग्दा जम्मा ७ जना पदाधिकारीले सुविधाको गाडी फिर्ता गरेका छन् । एमालेका प्रमुख सचेतक, सचेतक, काँग्रेसका सचेतक र संसदीय समितिका ४ जना सभापतिले सवारी सधान फिर्ता गरेको संघीय संसद् सचिवालयले जनाएको छ ।

एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी, काँग्रेसका सचेतक मीन विश्वकर्मा, संसदीय सुनुवाइ समितिका सभापति लक्ष्मणलाल कर्ण, विकास तथा प्रविधि समिति सभापति कल्याणी खड्का, महिला तथा सामाजिक समिति सभापति निरुदेवि पाल, अन्तर्राष्ट्रिय सम्बन्ध समिति सभापति पवित्रा निरौला खरेलले संसद् सचिवालयबाट सुविधामा पाएको सवारी साधन तथा ल्यापटप फिर्ता गरेका छन् ।

बुधबार साँझसम्म ७ जना संसद्का पदाधिकारीले सवारी साधन फिर्ता गरेको र आज पनि केही पदाधिकारीले सवारी साधन फिर्ता गर्ने जानकारी गराएको संघीय संसद्को सवारी शाखा प्रमुख उपसचिव लक्ष्मण अर्यालले जानकारी दिए ।

माओवादी केन्द्रका सचिव समेत रहेका र संसदीय दलका प्रमुख सचेतकको भूमिकामा रहेका देवप्रसाद गुरुङले सवारी साधन फिर्ता गरेका छैनन् । यस्तै काँग्रेसकी प्रमुख सचेतक चित्रलेखा यादवले पनि सुविधाको गाडी फिर्ता गरेकी छैनन् ।

संसदीय समिति तर्फ शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्ती, उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिका सभापति विमल श्रीवास्तव, सार्वजनिक लेखा समितिका सभापति भरत कुमार शाह संसद्को कार्यकाल सकिएपछि पनि सुविधाको गाडी लिएर हिँडिरहेका छन् ।

यस्तै कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेल, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति पूर्णाकुमारी सुवेदी, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिका सभापति निरुदेवी जैरु, अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले पनि सुविधाको गाडी फिर्ता गरेका छैनन् । यस्तै लोकतान्त्रिक समाजवादी पार्टीका पूर्व प्रमुख सचेतक र हाल एमाले प्रवेश गरेका उमाशङ्कर अरगरियाले पनि गाडी फिर्ता गरेका छैनन् । उनीहरूलाई सुविधाका रूपमा सवारी साधनका अतिरिक्त संसद् सचिवालय ल्यापटप। मोबाइल फोन समेत दिने गरेको छ ।

संघीय संसद् सचिवालयबाट अपाङ्गता भएका २ जना सांसदहरूले स्कुटर सुविधा पनि लिएका छन् ।

यता संविधानको अनुसार धारा ९१ को उपधारा ६ को ‘क’ मा रहेको व्यवस्था अनुसार सभामुख र उपसभामुखको पनि कार्यकाल सकिएको र उनीहरू पनि पदमुक्त भएकोले सुविधाको रूपमा लिएका सामग्री फिर्ता गर्नुपर्ने बहस चलिरहेको छ । सभामुख अग्नि सापकोटाले संसद् सचिवालयबाट सुविधाको रूपमा २ वटा गाडी, एक थान ल्यापटप, एक थान मोबाइल फोन र एक थान ब्रिफकेश लिएका छन् । यस्तै उपसभामुख पुष्पा भुसाल गौतमले एक थान सवारी सधान, एक थान ल्यापटप, कथाएन मोबाइल फोन र कथाएन ब्रिफकेश पाएकी छिन् ।

धारा ९१ को उपधारा ६ को ‘क’ मा भएको प्रावधान अनुसार अर्को निर्वाचनको उम्मेदवारी दाखिल गर्ने अघिल्लो दिनसम्म आफ्नो पदमा बहाल रहने व्यवस्था छ । सो व्यवस्था अनुसार सभामुख र उपसभामुखको पनि पद रिक्त भएको देखिन्छ । निर्वाचन आयोगले गत असोज २ र ३ गते समानुपातिक तर्फका उम्मेदवारहरूको मनोनयन दर्ता गरेसँगै प्रतिनिधि सभाको कार्यकाल समाप्त भइसकेको बताउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस