२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दशैँका बेला एटिएम ‘आउट अफ सर्भिस’

अ+ अ-

काठमाडौँ । चाडपर्वमा नगद झिक्ने क्रम बढेका बेलामा उपत्यकाका अधिकांश एटिएमहरूमा समस्या देखिएको छ । धेरै एटिएम ‘आउट अफ सर्भिस’ हुँदा सर्वसाधारणलाई सास्ती भएको छ ।

बैङ्कहरूले एटिएममा समयमा नगद नराख्दा र तथा एटिएम मर्मत नगर्दा चाडबाडको समयमा सर्वसाधारणले नगद झिक्न नपाएर सास्ती भोग्नुपर्ने अवस्था आएको छ ।

बानेश्वरको एटिएम लाउन्जमा बैङ्कमा पैसा झिक्न आएका सन्देश पहाडी ३२ ठाउँ पुग्दा पनि आफूले सेवा लिने बैकको एटिएम मेसिनमा ‘आउट अफ सर्भिस’को नोटिस भेटिसकेको बताउँछन् । ‘यस्तो आपतका बेला छ, बैङ्कहरू एटिएम सेवा चुस्त छैन,’ उनी भन्छन्, ‘कतिपय बैंकममा एटिएममा अर्को बैङ्कको एटिएम सपोर्ट पनि गर्दैन ।’

नेपाल राष्ट्र बैङ्कले अन्तर बैङ्क एटिएममा प्रतिमहिना २ वटा कारोबार निःशुल्क गर्नुपर्ने व्यवस्था गरेको छ । जसले गर्दा विगतदेखि नै बैङ्कहरूले एटिएममा नगद व्यवस्थापनमा हेलचेक्र्याइँ गर्दै आएका थिए ।

दसैँ नजिकिँदै गर्दा बढ्दो आर्थिक गतिविधिसँगै एटिएमबाट नगद झिक्नेको संख्या पनि बढ्दो छ । यस्तो अवस्थामा अधिकांश एटिएमहरू आउट अफ सर्भिस हुँदा सर्वसाधारणले सास्ती भोग्नुपरेको हो ।

बैंकर्स सङ्घका कायकारी सदस्य समेत रहेका माछापुच्छ्रे बैङ्कका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला एटिएमको सिस्टममा कुनै समस्या नरहेको बताउँछन् । आफ्नो बैङ्कको सबै एटिएम सर्भिसमा कुनै पनि समस्या नरहेको उनले बताए ।