दशैँका बेला एटिएम ‘आउट अफ सर्भिस’ « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

दशैँका बेला एटिएम ‘आउट अफ सर्भिस’


१२ आश्विन २०७९, बुधबार


काठमाडौँ । चाडपर्वमा नगद झिक्ने क्रम बढेका बेलामा उपत्यकाका अधिकांश एटिएमहरूमा समस्या देखिएको छ । धेरै एटिएम ‘आउट अफ सर्भिस’ हुँदा सर्वसाधारणलाई सास्ती भएको छ ।

बैङ्कहरूले एटिएममा समयमा नगद नराख्दा र तथा एटिएम मर्मत नगर्दा चाडबाडको समयमा सर्वसाधारणले नगद झिक्न नपाएर सास्ती भोग्नुपर्ने अवस्था आएको छ ।

बानेश्वरको एटिएम लाउन्जमा बैङ्कमा पैसा झिक्न आएका सन्देश पहाडी ३२ ठाउँ पुग्दा पनि आफूले सेवा लिने बैकको एटिएम मेसिनमा ‘आउट अफ सर्भिस’को नोटिस भेटिसकेको बताउँछन् । ‘यस्तो आपतका बेला छ, बैङ्कहरू एटिएम सेवा चुस्त छैन,’ उनी भन्छन्, ‘कतिपय बैंकममा एटिएममा अर्को बैङ्कको एटिएम सपोर्ट पनि गर्दैन ।’

नेपाल राष्ट्र बैङ्कले अन्तर बैङ्क एटिएममा प्रतिमहिना २ वटा कारोबार निःशुल्क गर्नुपर्ने व्यवस्था गरेको छ । जसले गर्दा विगतदेखि नै बैङ्कहरूले एटिएममा नगद व्यवस्थापनमा हेलचेक्र्याइँ गर्दै आएका थिए ।

दसैँ नजिकिँदै गर्दा बढ्दो आर्थिक गतिविधिसँगै एटिएमबाट नगद झिक्नेको संख्या पनि बढ्दो छ । यस्तो अवस्थामा अधिकांश एटिएमहरू आउट अफ सर्भिस हुँदा सर्वसाधारणले सास्ती भोग्नुपरेको हो ।

बैंकर्स सङ्घका कायकारी सदस्य समेत रहेका माछापुच्छ्रे बैङ्कका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला एटिएमको सिस्टममा कुनै समस्या नरहेको बताउँछन् । आफ्नो बैङ्कको सबै एटिएम सर्भिसमा कुनै पनि समस्या नरहेको उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस