२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विदेशी मुद्रा आर्जन गर्न पर्यटन क्षेत्रको प्रवर्द्धन गर्नुपर्छ : परिसंघ अध्यक्ष अग्रवाल

अ+ अ-

काठमाडौँ । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले पर्यटन क्षेत्रको प्रवर्द्धनमा सरकारले ध्यान दिन आवश्यक रहेको बताएका छन् । उनले विदेशी मुद्रा भित्र्याउन पर्यटन दिगो र भरपर्दो स्रोत भएकाले पर्यटन उद्योगको प्रवर्द्धन र विकासलाई प्राथमिकता दिनुपर्ने बताए ।  

विश्व पर्यटन दिवसको अवसरमा नेपाल उद्योग परिसंघको पर्यटन परिषद्ले नेपालको कला संस्कृतिलगायत नयाँ पर्यटकीय सम्भावनाहरू उजागर गर्ने विषयमा गरेको कार्यक्रममा अध्यक्ष अग्रवालले रोजगारीका लागि विदेशिन बाध्य जनशक्तिलाई नेपालमै सम्मानजनक र राम्रो आयसहितको रोजगारी दिलाउन पनि पर्यटन क्षेत्रको विकास आवश्यक रहेको बताए । 

परिसंघको उपाध्यक्षसमेत रहेका परिसंघ पर्यटन परिषद्का सभापति राजबहादुर शाहले कोभिड १९ को असरबाट बिस्तारै बाहिर आएको निजी क्षेत्रलाई बलियोसँग उभिएर पर्यटन क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउन सरकारले नीतिगत सहयोग गर्नुपर्ने बताए । नागरिक स्तरबाट पनि कोभिडका समयमा बढेको आन्तरिक घुमफिरको ट्रेन्डले निरन्तरता पाउन सके पर्यटन व्यवसायीहरूलाई नयाँ गन्तव्यहरू खोज्न, नयाँ प्रडक्ट, प्याकेजहरू ल्याउन उत्साह मिल्ने उनले बताए । 

यस वर्षको विश्व पर्यटन दिवसको नारा ‘रिथिङ्किङ टुरिज्म’ रहेको सन्दर्भमा परिसंघको पर्यटन परिषद्ले तयार पारेको नेपालको आगामी पर्यटनको कार्यदिशा सम्बन्धी सुझाव सहितको योजना परिसंघका महानिर्देशक दीपकराज जोशीले प्रस्तुत गरेका थिए । उक्त सुझाव पर्यटनसँग सम्बद्ध निजी तथा सरकारी निकायहरूलाई उपलब्ध गराइनेछ ।

प्रतिक्रिया दिनुहोस