न्यूरोड क्षेत्रमा ४ दिन सवारी प्रवेश निषेध « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

न्यूरोड क्षेत्रमा ४ दिन सवारी प्रवेश निषेध


१० आश्विन २०७९, सोमबार


काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज न्युरोड क्षेत्रमा अत्यावश्यक बाहेक कुनै पनि सवारी प्रवेश निषेध गरेको छ।

बढ्दो सवारी चापलाई ध्यानमा राखेर काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज न्युरोड क्षेत्रमा दिउँसोको समयमा गाडी प्रवेश निषेध गरेको हो।

(यात्रुवाहक, मालवाहक, निजी तथा दुईपांग्रेसमेत) कार्यालयले आज घटस्थापना, १४ गते पञ्चमी, १५ गते षष्ठी र १६ गते फूलपातीका दिन बिहान १० बजेदेखि बेलुकी चाप सामान्य नहुञ्जेलसम्मका लागि प्रवेश निषेध गरेको हो।

न्यूरोड जाने सबै किसिमका सवारीलाई अवस्था सामान्य नभएसम्म ‘डाइभर्सन’ गरी खुलामञ्चमा पार्किङको व्यवस्था मिलाइएको जनाएको छ।

प्रहरीले तोकिएको मिति र समयमा सवारी साधन नलगी ट्राफिक व्यवस्थापनमा सहयोग गर्न सवारी चालक तथा सवारीधनीमा अनुरोध गरेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस