डा. केसीको समर्थनमा बृहत् नागरिक आन्दोलनले भोलि प्रदर्शन गर्ने « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

डा. केसीको समर्थनमा बृहत् नागरिक आन्दोलनले भोलि प्रदर्शन गर्ने


७ आश्विन २०७९, शुक्रबार


काठमाडौँ । बृहत् नागरिक आन्दोलनले आमरण अनसनरत डा.गोविन्द केसीको समर्थनमा भोलि शनिबार प्रदर्शन गर्ने भएको छ । शनिबार मध्यान्ह १२ बजे माइतीघर मण्डलामा भेला भएर प्रदर्शन गर्न लागिएको बताइएको छ ।

विगतमा भएका सहमति कार्यान्वयन लगायतका सातबुँदे माग राखेर डा.केसीले १२ दिनअगाडि धनगढीमा अनशन थालेका थिए । अनशनका क्रममा उनको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि काठमाडौँ ल्याइएको छ ।

तर डा.केसीले अनशन तोडेका छैनन् । बृहत् नागरिक आन्दोलनले शुक्रबार वक्तव्य जारी गर्दै केसीको स्वास्थ्यप्रति संवेदनशील बन्न र उनका प्रतिनिधिसँग सार्थक वार्ता गर्न आग्रह गरेको छ ।

 ‘बृहत् नागरिक आन्दोलनको प्रस्ट माग छ, अब गरिने सहमति विगतको जस्तो प्रतिबद्धता जाहेर गरेर कार्यान्वयन नगर्ने किसिमको सम्झौतामा नटुङ्गियोस् ।,’वक्तव्यमा भनिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस