वैशाख १ गतेदेखि बन्दीपुरमा केबलकार सञ्चालन हुने  « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

वैशाख १ गतेदेखि बन्दीपुरमा केबलकार सञ्चालन हुने 


७ आश्विन २०७९, शुक्रबार


काठमाडौँ । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन केबलकार परियोजनाको काम ७५ प्रतिशत सकिएको छ । पाँचतारे होटेलसहित निर्माण भइरहेको परियोजनाको काम हालसम्म ७५ प्रतिशत सकिएको बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले जनाएको छ । 

विसं २०७५ साउनदेखि निर्माण सुरु भएको केबलकार परियोजना विभिन्न कारणले ढिलाइ हुँदै आएको लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले बताए ।

उनका अनुसार यतिबेला केबलकार परियोजनाको काम द्रुत गतिमा अगाडि बढाइएको छ । केबलकार आगामी नयाँ वर्षदेखि सञ्चालनमा ल्याउने गरी काम थालिएको शर्माले बताए । 

बन्दीपुर गाउँपालिका-४ बरालथोकमा पाँच तारे होटेलको निर्माण कार्य भने तीव्र गतिमा भइरहेको छ । केबलकार सिधै होटेलभित्र छिर्ने प्रविधिसहित काम भइरहेको छ । पाँचतारे होटेलसहितको केबलकारमा लगानी वृद्धि भएको छ । 

केबलकार र होटेलको क्षमता बढेकाले लगानी पनि वृद्धि भएर रु दुई अर्ब ६० करोड पुगेको छ । यस अगाडि केबलकारको क्षमता प्रतिघण्टा तीन सय रहेकामा त्यसलाई बढाएर पाँच सय पुर्‍याइएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस