२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बागमती प्रदेश प्रहरीले सार्वजनिक गर्‍यो चाडपर्व लक्षित विशेष सुरक्षा योजना 

अ+ अ-

काठमाडौँ । बागमती प्रदेश प्रहरीले चाडपर्व (बडा दसैँ, शुभ दीपावली र छठ) लक्षित विशेष सुरक्षा योजना बनाएर बुझाएर एक कार्यक्रमका बीच सार्वजनिक गरेको छ । बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यले उक्त विशेष सुरक्षा योजना सार्वजनिक गरेका हुन् ।

चाडपर्व सुरु भइसकेको अवस्थामा सो समयमा हुने आपराधिक गतिविधिहरूलाई न्यूनीकरण एवं नियन्त्रण गरी बागमती प्रदेश अन्तर्गतका आम नागरिकले सुरक्षित रूपमा चाडपर्व मनाउने वातावरण तयार गर्ने अभिप्रायले विशेष सुरक्षा योजना तयार गरी बुधबारबाट लागु गरिएको उनले बताए । चाडपर्व लक्षित विशेष सुरक्षा योजना अनुरूप बागमती प्रदेश अन्तर्गतका १० वटा जिल्लाहरूमा प्रभावकारी सुरक्षा व्यवस्थापनका निमित्त अन्तर्राष्ट्रिय एवं प्रदेश प्रवेश गर्ने सीमा नाकामा तालिम प्राप्त प्रहरी कुकुरसहित नियमित तथा सर्प्राइज चेकजाँचको व्यवस्था मिलाइएको छ । 

नियमित क्युआरटी टोली परिचालन गर्ने,  मोबाइल गस्ती परिचालन गर्ने, पिकेट ड्युटीमा थप परिचालन गर्ने, प्रमुख धार्मिक स्थल, बैङ्किङ तथा वित्तीय संस्थामा प्रहरी परिचालन गर्ने, जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा कालो बजारी तथा कृत्रिम अभाव सिर्जना गर्नेलाई नियन्त्रण गर्न बजार अनुगमनको व्यवस्था मिलाउने सुरक्षा योजनामा उल्लेख छ । 

चाडबाडका बेला हुनसक्ने झैझगडा तथा जुवातास एवं घरेलु मदिरा नियन्त्रण गर्ने, लागु पदार्थ तथा मादक पदार्थ सेवन सम्बन्धित चेकजाँचको व्यवस्था मिलाउने, बसपार्कमा महिला प्रहरी र ट्राफिक प्रहरीसहितको यात्रु सहायता कक्ष स्थापना गरी २४ औं घण्टा प्रहरी परिचालन गर्ने,  सवारी दुर्घटना न्यूनीकरणका लागि नियमित राजमार्ग गस्ती परिचालन गर्ने, सवारी साधनहरूको गति नियन्त्रणका लागि राडरगनसहितको विशेष ट्राफिक चेकिङ गर्ने, प्रमुख राजमार्गहरूमा रात्रीकालिन वेश स्थापना गर्नेलगायतका विषय सुरक्षा योजनामा समेटिएको छ । चाडपर्व लक्षित सुरक्षा योजना अनुरूप जनपद, ट्राफिक तथा सादा पोसाकमा समेत गरी जम्मा ५ हजार ३३२ जना प्रहरी टोली परिचालित हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस