१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

घट्यो सहुलियत पसलमा तेल र दालको मूल्य

अ+ अ-

काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चाडपर्व लक्षित सहुलियत पसलमा खाने तेल र दालको मूल्य घटाएको छ ।

दसैँ लक्षित सहुलियत पसलमा बजारमा भन्दा महँगोमा खाने तेल र दाल बिक्री गरेको समाचार सार्वजनिक भएपछि कम्पनीले प्रतिलिटर १० रुपैयाँका दरले खाने तेलको मूल्य घटाउने निर्णय गरेको हो ।

तोरी, सूर्यमुखी र भटमासको तेलको मूल्य लिटरमा १० रुपैयाँ र मुसुरोको दालमा ८ रुपैयाँले घटाएर बिक्री गर्ने निर्णय गरेको कम्पनीकी सूचना अधिकारी शर्मिला सुवेदीले जानकारी दिइन् । घटाइएको नयाँ मूल्य मंगलबारबाटै कार्यान्वयनमा आइसकेको पनि उनले बताइन । अब सहुलियत पसलमा तोरीको तेल २ सय ७५ रुपैयाँ, सूर्यमुखी तेल मूल्य प्रतिलिटर २ सय ८५ र भटमासको तेल २ सय ४० रुपैयाँ पर्नेछ ।

यसअघि कम्पनीले लिटरमा ७ रुपैयाँ छुट दिएको भन्दै सनफ्लावर प्रतिलिटर २ सय ९५, तोरी २ सय ८० र भटमासको तेल २ सय ४५ रुपैयाँमा बिक्री गरेको थियो । यस्तै कम्पनीले मुसुरोको दालको मूल्य पनि १५३ रुपैयाँबाट घटाएर १ सय ४५ रुपैयाँ तोकेको छ । कम्पनीले उक्त तेल र दाल साल्ट ट्रेडिङबाट खरिद गरेको जनाएको छ ।

खाद्यले मूल्य घटाए पनि अझै सो मूल्य होलसेल व्यवसायीहरूले बजारमा बिक्री गर्ने भन्दा बढी छ । होलसेलमा होलसेलमा तोरी, सूर्यमुखी र भटमासको तेलको मूल्य क्रमशः २५०, २४५ र २१८ रुपैयाँ प्रतिलिटर छ ।

खाद्य व्यवस्था कम्पनीले घटाएको मूल्य पछि पनि सहुलियत पसल बाह्य बजारमा भन्दा तोरीको तेलमा २० रुपैयाँ, सूर्यमुखी तेलमा ४० रुपैयाँ र भटमासको तेलमा १७ रुपैयाँले महँगो छ । मुसुरोको दालको मूल्य भने घटेपछि पनि बाह्य बजारमा भन्दा सहुलियतमा अझै ५ रुपैयाँ प्रतिकिलो महँगो छ ।

प्रतिक्रिया दिनुहोस