२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल चिकित्सक सङ्घको राष्ट्रिय सम्मेलनमा भयो यी सात विषयमा छलफल

अ+ अ-

काठमाडौँ । नेपाल चिकित्सक सङ्घको दोस्रो राष्ट्रिय सम्मेलन सुरु भएको छ । दुई दिनसम्म चल्ने सम्मेलनको प्रधानमन्त्री शेरबहादुर देउवाले औपचारिक उद्घाटन गरेर सुरु गरेका हुन् । सङ्घले ‘महामारीपछिको चुनौती, उपलब्धि र अवसर’ विषयमा केन्द्रित रहेर सम्मेलनको आयोजना गरेको हो ।

बबरमहलस्थित कार्की व्यांकेटमा आयोजित सम्मेलनमा विभिन्न सात विषयमा छलफल हुनेछ । सम्मेलनको पहिलो दिन मंगलबार तीनवटा विषयमा र दोस्रो दिन बुधवार चार वटा विषयमा छलफल हुनेछ । सम्मेलनको पहिलो दिन सङ्घको ‘पहिलो राष्ट्रिय सम्मेलनको उपलब्धि’, ‘सुर्तीजन्य पदार्थले स्वास्थ्य र स्वास्थ्य प्रणालीमा पारेको असर’ र ‘चिकित्सा र स्वास्थ्य क्षेत्रका जनशक्तिलाई स्वदेशमै हौसला, अवसर र प्रेरणा’ विषयमा छलफल हुनेछ ।

यस्तै बुधवार, ‘महामारीपछि स्वास्थ्य क्षेत्रका चुनौती र अवसरहरू’, ‘खोप, औषधि र उपकरणहरूको उचित भण्डारण, ढुवानी र वितरण’, ‘नेपालमा स्वास्थ्य पर्यटनको सम्भावना’ र ‘चिकित्सा शिक्षामा असर र अवसर’ विषयमा छलफल हुनेछ ।

स्वास्थ्य मन्त्रालयका सचिव डा रोशन पोखरेलले स्वास्थ्यका नीति तथा कार्यक्रम बनाउन सम्मेलनमा हुने छलफल निकै महत्त्वपूर्ण हुने बताए । विश्व स्वास्थ्य सङ्गठनका नेपाल प्रतिनिधि डा राजेश संभाजीराव पाण्डवले कोभिड महामारीको अन्त्य भइनसकेकाले अझै पनि जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्नेमा जोड दिए । 

सङ्घका अध्यक्ष डा लोचन कार्कीले स्वास्थ्यको नीति निर्माण तहमा योगदान पुर्‍याउन सम्मेलनको आयोजना गरिएको जानकारी दिए । सम्मेलनमा आयोजक समितिका अध्यक्ष डा अन्जनीकुमार झाले समसामयिक र नेपालको विद्यमान परिस्थितिसँग सुहाउँदिलो विषयहरू सम्मेलनमा छलफलका लागि छनोट गरिएको बताए । 

दोस्रो सम्मेलनमा देशभरबाट पाँच सयभन्दा बढीको सहभागिता रहेको छ । जर्नल अफ नेपाल मेडिकल एसोसिएसनको प्रकाशन सुरुवात भएको सेप्टेम्बर महिनालाई प्रत्येक वर्ष वार्षिक क्यालेन्डर इभेन्टको रूपमा मनाउने सङ्घको केन्द्रीय कार्यकारिणी समितिको निर्णय अनुसार गत वर्षदेखि राष्ट्रिय सम्मेलन गर्न थालिएको सङ्घका अध्यक्ष डा लोचन कार्कीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस