सत्तागठबन्धन बैठक सकियो, अर्को बैठक ४ बजे बस्ने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सत्तागठबन्धन बैठक सकियो, अर्को बैठक ४ बजे बस्ने


४ आश्विन २०७९, मंगलबार


काठमाडौँ । सत्तागठबन्धनको बैठक दिउँसो ४ बजे फेरि बस्नेगरी सकिएको छ।

आगामी मंसिर ४ मा हुने संघ तथा प्रदेशसभा निर्वाचनमा सिट बाँडफाँटको टुंगो लगाउन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कार्यदलका सदस्यसहित गठबन्धनका शीर्ष नेताहरुको बैठक बसेको थियो।

बैठक दिउँसो ४ बजे बस्नेगरी सकिएको कांग्रेस नेता रामचन्द्र पौडेलले अन्नपूर्णलाई जानकारी दिए। उनले भने,’ बैठक दिउँसो ४ बजे बस्नेगरी सकिएको छ। सिट बाँडफाँटमा गठबन्धन दलहरु सहमति नजिक पुगेका छन्। अब छिट्‍टै टुंगो लाग्छ।’

नेता पौडेलका अनुसार सिट बाँडफाँटमा सहमति जुट्न नसकेपछि दिउँसो ४ बजे बैठक फेरि बस्न लागेको हो।

बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’,नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल,वरिष्ठ नेता झलनाथ खनाल,जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवलगायत नेताहरु छलफलमा सहभागी थिए।

सोमबार समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाएका सत्ता गठबन्धन दलका नेताहरु प्रत्यक्षतर्फको उम्मेदवारको टुंगो लगाउन छलफललाई तीव्र पारेका छन्।

सत्ता गठबन्धनले आगामी निर्वाचनमा सिट बाँडफाँटको टुंगो लगाउन ११ सदस्यीय कार्यदल गठन गरेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस