यी हुन् नेकपा एसबाट समानुपातिकको सूचीमा परेका प्रमुख ९ नेता « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

यी हुन् नेकपा एसबाट समानुपातिकको सूचीमा परेका प्रमुख ९ नेता


३ आश्विन २०७९, सोमबार


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारको बन्दसूची पेस गरेको छ । सोमबार पेस गरिएको बन्दसूचीमा पार्टीका केही प्रमुख उम्मेदवारको पनि नाम समावेश गरिएको छ ।

समाजवादी प्रेस सङ्गठनका कार्यवाहक अध्यक्ष विश्वमणि सुवेदीका अनुसार उपाध्यक्ष प्रमेश हमाल, उपमहासचिव डा.गङ्गालाल तुलाधर, सचिव नागेन्द्रकुमार चौधरीको नाम समानुपातिक सूचीमा समावेश छ ।

यसैगरी स्थायी कमिटी सदस्यहरू सावित्राकुमारी भुसाल, रामचन्द्र यादव, श्रीप्रसाद साह, भविश्वर पराजुलीको नाम पनि सूचीमा समावेश छ । यस्तै, केन्द्रीय लेखा आयोग अध्यक्ष भरतकुमार श्रेष्ठ, पोलिट्ब्युरो सदस्य दीलकुमारी पन्तको नाम पनि समानुपातिक सूचीमा समावेश गरिएको सुवेदीले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस