२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

देशभरबाट वार्षिक १० लाख टन फोहोर निष्कासन 

अ+ अ-

काठमाडौँ । देशभरबाट वार्षिक करिब १० लाख टन फोहर निष्कासन हुने गरेको छ । त्यसमध्ये प्रतिवर्ष तीन लाख ८६ हजार ६ सय ९० टन आवासीय क्षेत्रबाट, दुई लाख ४५ हजार आठ सय ८४ टन व्यापारिक क्षेत्रबाट निष्कासन हुने सरकारी तथ्याङ्कले देखाएको छ ।

यसैगरी एक लाख तीन हजार दुई सय ४४ टन शैक्षिक संस्थाहरूबाट, ९४ हजार तीन सय ९२ टन औद्योगिक क्षेत्रबाट, एक लाख एक हजार पाँच सय सात टन स्वास्थ्य सेवा क्षेत्रबाट र ६६ हजार दुई सय २० टन अन्य क्षेत्रबाट निष्कासन हुने गरेको केन्द्रीय तथ्याङ्क विभागको तथ्याङ्कमा उल्लेख छ ।

उत्पादित फोहरमैलामध्ये सबैभन्दा बढी वार्षिक तीन लाख ८९ हजार नौ सय ८३ टन ल्यान्डफिल साइटमा जम्मा हुने, तीन लाख १५ हजार ६९ टन नदी किनार तथा बगर जस्ता वातावरणीय क्षेत्रमा जाने र २२ हजार ७५ टन दहन गरिने गरिएको विभागले आज सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । यसरी फोहरमैलाको पुनः चक्रीय उपयोगमा जान सक्ने प्लाष्टिक, धातु, कागज तथा कागजजन्य वस्तु अत्यन्तै न्यून ९आठ हजार ६ सय ९० टन० परिमाणमा पुनः चक्रीय रूपमा उपयोग हुने देखिएको विभागका निर्देशक सुशीलकुमार शर्माले जानकारी दिए ।

विभागको यस अध्ययनले नेपालका स्थानीय, प्रादेशिक तथा सङ्घीय तहमा समेत फोहरमैलासम्बन्धी तथ्याङ्कहरू अन्तर्राष्ट्रिय मापदण्डअनुसार नरहेको समेत देखाएको छ । तसर्थ, यस अध्ययनमा फोहरमैला उत्पादन एवं खपत क्षेत्र तथा फोहरमैलाको वर्गीकरण गरिएको छ ।

फोहरमैलाको वर्गीकरण, उत्पादन तथा खपत मात्रासम्बन्धी तथ्याङ्क अन्तर्राष्ट्रिय मापदण्डअनुसार बनाउन स्थानीय, प्रादेशिक तथा सङ्घीय तहका फोहरमैला व्यवस्थापनसँग सम्बद्ध सम्पूर्ण पेसाकर्मी तथा सरोकारवालाहरूको क्षमता अभिवृद्धि गर्न आवश्यक रहेको प्रतिवेदनको सुझाव छ । प्रतिवेदन केन्द्रीय केन्द्रीय तथ्याङ्क विभाग तथा राष्ट्रिय योजना आयोगको आर्थिक सहयोगमा तयार पारिएको हो ।

फोहरमैलाको उचित व्यवस्थापन गर्न हाम्रो फोहरमैला कुन मात्रामा निष्कासन हुन्छ, यसमा कस्ता वस्तुहरू समावेश छन् र यी निष्कासित फोहर तथा त्यसमा रहेका वस्तुहरू कहाँ जान्छन् भन्ने कुराको विश्वसनीय तथ्याङ्क तथा सूचना आवश्यक पर्दछ । यसै परिप्रेक्ष्यमा केन्द्रीय तथ्याङ्क विभागले फोेहरमैला व्यवस्थापनसम्बन्धी सर्वेक्षण २०७६ सञ्चालन गरेको थियो । सर्वेक्षणको मुख्य उद्देश्य फोेहरमैला व्यवस्थापनसम्बन्धी आधारभूत तथ्याङ्क सङ्कलन गर्ने रहेको थियो जसमा फोहरमैलाको उत्पादन, सङ्कलन तथा व्यवस्थापनसम्बन्धी तथ्याङ्ककहरु सङ्कलन गरिएको थियो । 

यो प्रकाशनमा गाउँपालिकाबाहेक देशभरका सम्पूर्ण महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाहरूको फोहरमैलासम्बन्धी तथ्याङ्कहरू समावेश गर्दै देशको समग्र भौगोलिक क्षेत्रलाई समेटिएको छ ।

जनस्वास्थ्य सुरक्षा तथा जल, वायु एवम् भू-प्रदूषणको रोकथामलगायत महत्त्वपूर्ण प्राकृतिक स्रोतसाधनमा पर्ने अत्यधिक चाप कम गर्नसमेत फोहरमैलामा विद्यमान उपयोगयोग्य वस्तुको यथासम्भव पुनः प्राप्ति गरी पुनः प्रयोग वा चक्रीय उपयोग गरी फोहरमैलाको यथोचित व्यवस्थापन अपरिहार्य भइसकेको छ । 

प्रतिक्रिया दिनुहोस