२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चेपाङ, बोटे र वनकरिया जातिलाई २ सय ५० वटा घर निर्माण गरिने

अ+ अ-

काठमाडौँ । बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले मकवानपुर, चितवन र धादिङमा बसोबास गरिरहेका चेपाङ, बोटे र वनकरिया जातिलाई २ सय ५० वटा घर निर्माण गर्ने भएको छ ।

२४ घरधुरी रहेको वनकरिया समुदायका लागि २४ वटै घर निर्माण गरिनेछ भने बोटे जातिका लागि ५० घर र चेपाङ जातिका लागि १ सय ७६ घर निर्माण गरिने भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजाले जानकारी दिए ।

सम्बन्धित समुदायको सामाजिक, सांस्कृतिक मूल्य मान्यता सुहाउँदो किसिमको आवासको डिजाइन मन्त्रालयले नै उपलब्ध गराउने उनले बताए । प्रदेश मन्त्रालय अन्तर्गतको शहरी विकास तथा भवन कार्यालयले आवासीय भवन निर्माण गर्नेछन् ।

पहिरो वा सडक निर्माणका कारणले विस्थापित भएका, खरको छानो भएका, ऐलानी जग्गामा घर भएकाहरूलाई प्राथमिकतामा राखेर घर निर्माण गरिने राज्यमन्त्री प्रजाले बताए । जग्गा नभएकालाई जग्गा उपलब्ध गराएर एकीकृत बस्ती निर्माण गरिनेछ भने जग्गा भएका तर आवासको समस्या भएकाहरूलाई सम्बन्धितको जग्गा भएकै ठाउँमा घर निर्माण गरिने उनको भनाइ छ । एकीकृत बस्ती निर्माण गरिएको स्थानका लागि आवश्यक पर्ने पूर्वाधारहरू सडक, बिजुली, खानेपानी, ढल, खुल्ला क्षेत्र लगायतको निर्माण कार्य प्रदेश सरकारलेनै गर्ने उनले बताए ।

आगामी वर्षको कार्यक्रममा गरिब, विपन्न, सीमान्तकृत तथा लोपोन्मुख थप जात-जातिका लागि घर बनाउने कार्यक्रमलाई निरन्तरता दिइने उनले बताए । यसका लागि चेपाङ, वनकरिया, माझी, थामी, मुसहर, बोटे र हायु एकीकृत बस्ती तथा आवास निर्माण सम्बन्धी कार्यविधि २०७९ तयार पारिएको उनले जानकारी दिए । प्रदेश सरकारले निर्माण पछि हस्तान्तरण गरिएको घर १० वर्षसम्म बेच्न पाइने छैन ।

नेपाल सरकारले चेपाङ र बोटे जातिलाई अति सीमान्तकृत र वनकरियालाई लोपोन्मुख जातिका रूपमा सूचीकृत गरेको छ । राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालमा चेपाङको जनसङ्ख्या ६८ हजार ३ सय ९९, वनकरिया ६९ र बोटे १० हजार ३ सय ९७ छ ।

प्रतिक्रिया दिनुहोस