काठमाडौँ । रुट टु ओलम्पिक भन्ने मूल नाराका साथ गत वर्ष स्थापित ‘नेपाल खेलकुद अनुसन्धान तथा प्रवर्द्धन प्रतिष्ठान ‘ को प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
नेस्पोका संस्थापक अध्यक्ष साम्राज्य विक्रम पाँडेको सभापतित्वमा सम्पन्न साधारण सभामा सदस्यहरूसहित देशभित्र र देश बाहिरका नेपाली खेल विज्ञहरूको सहभागिता रहेको थियो ।
संस्थाका बोर्ड सदस्य हेमन्त डाँगीले सञ्चालन गरेको सभामा संस्थाका सल्लाहकार केशव पुरी, मुख्य प्राविधिक संयोजक दिवाकर लाल अमात्य, सह संयोजक रीता प्रजापति, महासचिव दीपेन्द्रकुमार श्रेष्ठ, कोषाध्यक्ष मृगेन्द्र बहादुर विष्ट तथा नेस्पो कोरिया च्याप्टरका अध्यक्ष डा. केशव थापा र खेल विज्ञ प्रा.डा. सिद्धार्थ विक्रम पाँडेले सम्बोधन गरेका थिए ।
स्वदेश र विदेशमा रहेका खेल विज्ञहरूलाई एउटै प्लेटफार्म बनाई खेल विज्ञान अनुसन्धान कार्यलाई अगाडी बढाउने नेस्पोको मुख्य उद्देश्य रहेको छ ।
