२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सत्यनिरुपण विधेयकको सहमति खोज्न सात सदस्यीय कार्यदल गठन

अ+ अ-

काठमाडौँ । सत्यनिरुपण तथा मेलमिलाप सम्बन्धी विधेयकमा सहमति खोज्न संसद्को मानवअधिकार समितिको बैठकले कार्यदल गठन गरेको छ । सात सदस्यीय कार्यदललाई आज अपराह्न चार बजेसम्मको समय दिइएको छ ।

कार्यदलमा नेकपा एमालेको तर्फबाट शेरबहादुर तामाङ र विमला विक, नेपाली काँग्रेसबाट मीन विश्वकर्मा र अतहरकमाल मुसलमान, माओवादी केन्द्रबाट देव गुरुङ र वर्षमान पुन तथा लोसपाबाट लक्ष्मणलाल कर्ण सदस्य छन् ।

कार्यदलको बैठक आज दिउँसो २ बजे बस्ने छ । त्यसपछि आजै अपराह्न ४ बजे समितिको पूर्ण बैठक बस्ने छ । त्यतिन्जेलसम्म मस्यौदामा सहमति जुटाउने मुख्य जिम्मेवारी कार्यदललाई दिइएको छ ।

समितिबाट यो विधेयक पारित गरेर आजै प्रतिनिधिसभामा विधेयकको प्रतिवेदन पेस गर्ने सरकार र सत्तारुढ दलहरूको तयारी छ । तर केही प्रावधानमा दलहरूबिच सहमति जुट्न सकेको छैन ।

विधेयकमा एमालेले द्वन्द्वकालीन समयका घटनाका हत्यालाई गम्भीर मानव अधिकार उलङ्घनभित्र राखेर परिभाषित गर्नुपर्ने अडान लिएको छ । एमालेको अडानमा निकास खोज्न हत्याको प्रकृतिलाई वर्गीकरण गर्ने प्रस्ताव पनि कतिपयले राखेका छन् ।

यही मध्यमार्गी प्रस्तावउपरको छलफलमा भाग लिनका लागि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पनि पहिलो पटक मानव अधिकार समितिको बैठकमा सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस