साफमा भारतको पहिलो हार, बङ्गलादेशले रच्यो इतिहास « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

साफमा भारतको पहिलो हार, बङ्गलादेशले रच्यो इतिहास


२८ भाद्र २०७९, मंगलबार


काठमाडौँ । भारतले महिला साफ च्याम्पियनसिपमा पहिलो हार  व्यहोरेको छ । यता बङ्गलादेशले भारतलाई हराउँदै समूह विजेता भएर छैटौँ संस्करणको महिला साफको सेमिफाइनलमा प्रवेश गरेको छ ।

रङ्गशालामा मंगलबार भएको समूह चरणको अन्तिम खेलमा भारतलाई ३-० गोल अन्तरले हराएको हो । त्रिपुरेश्वरस्थित दशरथ बङ्गलादेशलाई जित दिलाउन मोसाम्मत सिरात जाहन सोप्नाले दुई गोल गरिन् । यस्तै श्रीमोती सरकारले एक गोल गरिन् ।

महिला साफको इतिहासमा भारतले पहिलो पटक हार व्यहोरेको छ । जितसँगै बङ्गलादेश अपराजित रहँदै अन्तिम चारमा पुगेको छ । समूह विजेता बनेको बङ्गलादेशले समूह ‘ए’ मा ३ खेलमा ९ अंक जोड्यो ।

भारत ३ खेलमा ६ अंक जोडेर समूह उपविजेता बन्दै अन्तिम चारमा पुगेको छ । अब सेमिफाइनलमा बङ्गलादेशले भुटानको सामना गर्नेछ । भारतले नेपालको सामना गर्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस