विश्व बैङ्कबाट ३५ अर्ब ऋण लिँदै नेपाल « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

विश्व बैङ्कबाट ३५ अर्ब ऋण लिँदै नेपाल


२८ भाद्र २०७९, मंगलबार


काठमाडौँ । सरकारले विश्व बैङ्कबाट ३५ अर्ब रुपैयाँ (२७५ मिलियन डलर) सहुलियत ऋण लिने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको सरकार प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

कार्कीका अनुसार यातायात तथा व्यापार आबद्धता अभिवृद्धि कार्यक्रमका लागि यो ऋण सहायता स्वीकृत गरिएको हो ।

महिला संरक्षण तथा उथान प्रणाली सुदृढीकरणका लागि एसियाली बैङ्कबाट प्राप्त हुने १२ मिलियन डलर अनुदान लिन वार्ता टोली गठन गर्ने निर्णय समेत भएको कार्कीले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस