काठमाडौँ । नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुको भ्रमणको दोस्रो दिन पनि काठमाडौँको बानेश्वर क्षेत्रको यातायात व्यवस्था अस्तव्यस्त बनेको छ ।
विदेशी पाहुना ली को भेटघाटको कार्यक्रम बानेश्वरस्थित संसद भवनमै भएकाले बानेश्वर क्षेत्रमा यातायातका साधन बिहानदेखि नै प्रभावित भयो ।
मंगलबार बिहान ली ले बानेश्वरस्थित संसद भवनमा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना, पूर्वप्रधानमन्त्रीहरु केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् ।