श्रीलङ्कालाई हराउँदै नेपाल सेमिफाइनलमा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

श्रीलङ्कालाई हराउँदै नेपाल सेमिफाइनलमा


२७ भाद्र २०७९, सोमबार


काठमाडौँ । नेपालले घरेलु मैदानमा जारी छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा स्थान बनाएको छ  ।

सोमबार भएको समूह चरणको अन्तिम खेलमा श्रीलङ्कालाई ६-० गोलको फराकिलो जित निकाल्दै नेपालले अन्तिम चारको यात्रा तय गरेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा नेपाललाई जित दिलाउन अमिषा कार्कीले दुई गोल गरिन् । यस्तै कुमारी घिसिङ, सरूँ लिम्बु, अमृता जैसी र दिपा शाहीले एक एक गोल गरिन् ।

खेलको नवौं मिनेटमा रश्मिले गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाएकी थिइन् । रश्मिले हिराको क्रसमा हेडर मार्फत गोल गरिन् ।

खेलको ११ औँ मिनेटमा सरुले गोल गर्दै नेपाललाई २-० को अग्रता दिलाइन् । खेलको १७ औँ मिनेटमा अमृताले गोल गर्दा नेपाल ३(० ले अघि रह्यो ।

पहिलो हाफको मन्जुरी समयमा दिपाले गोल गरेपछि नेपालले पहिलो हाफमा ४-० को अग्रता बनायो ।

खेलको ७६ औँ मिनेटमा अमिषाले गोल गर्दै नेपाललाई ५-० को अग्रता दिलाइन् ।  भुटानविरुद्ध बेब्यु गरेकी अमिषाले नेपालको लागि यो पहिलो गोल हो ।

त्यसपछि खेलको मन्जुरी समयमा अमिषाले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई ६(० को जित दिलाइन् ।

यस जितसँगै नेपालले अपराजित रहँदै अन्तिम चारमा स्थान बनाएको हो । यस्तै नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

समूह ‘बी’ को नेपालले २ खेलमा ६ अङ्क जोड्यो । नेपालले पहिलो खेलमा भुटानलाई ४-० गोल अन्तरले हराएको थियो।

नेपालको जितसँगै भुटान समूह उपविजेता बन्दै अन्तिम चारमा पुगेको छ । पहिलो खेलमा श्रीलङ्कालाई भुटानले ५(० गोल अन्तरले हराएको थियो ।

भुटानले २ खेलमा ३ अङ्क जोड्यो । दुई खेलमा पराजित रहँदै अङ्क विहीन बनेको श्रीलङ्का प्रतियोगिताबाट बाहिरिएको छ ।

समूह ‘ए’ बाट भारत र बङ्गलादेशले अन्तिम चारमा स्थान पक्का गरिसकेको छ । माल्दिभ्स र पाकिस्तान भने बाहिरिसकेको छ ।

प्रतियोगितामा आयोजक नेपाल, भारत, श्रीलङ्का, भुटान, बङ्गलादेश, पाकिस्तान र मालदिभ्सको सहभागिता रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस