निर्वाचनमा आचारसंहिता विपरीतका गतिविधि हुन नदिन सूक्ष्म अनुगमनको व्यवस्था : आयोग  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

निर्वाचनमा आचारसंहिता विपरीतका गतिविधि हुन नदिन सूक्ष्म अनुगमनको व्यवस्था : आयोग 


२७ भाद्र २०७९, सोमबार


छिटो टुङ्गोमा पुर्‍याउन अध्यादेश

काठमाडौँ । निर्वाचन आयोगले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा निर्वाचन आचारसंहिता विपरीतका गतिविधि हुन नदिन सूक्ष्म अनुगमनको व्यवस्था गरेको बताएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले दल र त्यसका उम्मेदवारहरूलाई निर्वाचन आचारसंहिता र कानुन विपरीतका गतिविधिहरू हुन नदिन आयोगले आवश्यक नीतिगत र संरचनागत व्यवस्था गरेको बताएका हुन् ।

सोमबार राष्ट्रियसभा अन्तरगतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उनले सो निर्वाचनमा उम्मेदवारहरूले गर्ने खर्चको सीमाबारे आयोगले एक हप्ता भित्र पुनरावलोकन गरी सार्वजनिक गर्ने जानकारी समेत दिए ।  आयोगले यही भदौ ३१ गते मतदाता नामावली सार्वजनिक गर्ने पनि जनाएको छ ।

आयोगका प्रमुख निर्वाचन आयुक्त थपलियाले आगामी निर्वाचन प्रयोजनका लागि मतदाता नामावली अद्यावधिक गर्ने काम अन्तिम चरणमा पुर्‍याएको र त्यसलाई यही ३१ गते सार्वजनिक गर्ने योजना रहेको पनि बताए । उनले यसअघिको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनभन्दा कम खर्च हुने गरी आगामी मंसिर ४ गतेको निर्वाचन सम्पन्न गर्न आयोग प्रतिबद्ध रहेको पनि बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस