२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निर्वाचनमा आचारसंहिता विपरीतका गतिविधि हुन नदिन सूक्ष्म अनुगमनको व्यवस्था : आयोग 

अ+ अ-

काठमाडौँ । निर्वाचन आयोगले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा निर्वाचन आचारसंहिता विपरीतका गतिविधि हुन नदिन सूक्ष्म अनुगमनको व्यवस्था गरेको बताएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले दल र त्यसका उम्मेदवारहरूलाई निर्वाचन आचारसंहिता र कानुन विपरीतका गतिविधिहरू हुन नदिन आयोगले आवश्यक नीतिगत र संरचनागत व्यवस्था गरेको बताएका हुन् ।

सोमबार राष्ट्रियसभा अन्तरगतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उनले सो निर्वाचनमा उम्मेदवारहरूले गर्ने खर्चको सीमाबारे आयोगले एक हप्ता भित्र पुनरावलोकन गरी सार्वजनिक गर्ने जानकारी समेत दिए ।  आयोगले यही भदौ ३१ गते मतदाता नामावली सार्वजनिक गर्ने पनि जनाएको छ ।

आयोगका प्रमुख निर्वाचन आयुक्त थपलियाले आगामी निर्वाचन प्रयोजनका लागि मतदाता नामावली अद्यावधिक गर्ने काम अन्तिम चरणमा पुर्‍याएको र त्यसलाई यही ३१ गते सार्वजनिक गर्ने योजना रहेको पनि बताए । उनले यसअघिको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनभन्दा कम खर्च हुने गरी आगामी मंसिर ४ गतेको निर्वाचन सम्पन्न गर्न आयोग प्रतिबद्ध रहेको पनि बताए ।