२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेस मधेस प्रदेशले अमरेश सिंहको नाम नराखी बुझायो प्रतिवेदन 

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेस मधेस प्रदेशले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ । जसअनुसार सर्लाही-४ बाट महामन्त्री गगनकुमार थापाको नामसमेत सिफारिस गरेको काँग्रेस मधेस प्रदेश उपसभापति वीरेन्द्रप्रसाद सिंहले जानकारी दिए । 

उक्त क्षेत्रबाट अमरेशकुमार सिंह निर्वाचित हुँदै आएका थिए । तर, गत स्थानीय तह निर्वाचनमा अन्तर्घात गरेको आरोपमा अनुशासनको कारबाहीमा परेपछि क्षेत्र र जिल्लाले सिंहको नाम काटेर महामन्त्री थापाको नाम सिफारिस गरेको थियो । 

क्षेत्र र जिल्लाकै सिफारिसलाई अनुमोदन गर्दै प्रदेशले पनि सर्लाही-४ का लागि थापाकै नाम सिफारिस गरेको उपसभापति सिंहले जानकारी दिए । २०७० र २०७४ मा निर्वाचित भएका सिंहको नाम यसपटक अनुशासनको कारबाहीमा परेपछि काटिएको हो ।  काँग्रेस मधेस प्रदेशले शनिबार आफ्नो प्रदेशको उम्मेदवारको नामसहित केन्द्रीय कार्यसमितिलाई बुझाएको प्रतिवेदनमा सिंहको नाम कुनै पनि क्षेत्रबाट सिफारिस नगरेको उपसभापति सिंहले बताए ।

क्षेत्र र जिल्लाले आफ्नो नाम सिफारिस नगरेपछि सिंहले प्रदेशमा निवेदन दिएका थिए । सर्लाही-४ बाट आफू निर्वाचित हुँदै आएको र अहिले पनि आफ्नो नाम सिफारिस गर्नुपर्ने भन्दै अमरेशकुमार सिंहले निवेदन दिएको उपसभापति सिंहले बताए । तर, उनको निवेदनमाथि कुनै कारबाही नगरिएको उनले जानकारी दिए ।  गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा अन्तर्घात गरेको आरोपमा काँग्रेस सर्लाहीले अमरेशकुमार सिंहलाई अनुशासनको कारबाही गरेको थियो । 

प्रतिक्रिया दिनुहोस