काठमाडौँ र ललितपुरमा तीनजना मृत अवस्थामा फेला   « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

काठमाडौँ र ललितपुरमा तीनजना मृत अवस्थामा फेला  


२६ भाद्र २०७९, आइतबार


काठमाडौँ । काठमाडौँ र ललितपुरमा तीनजना मृत अवस्थामा फेला परेका छन् । 

काठमाडौँ महानगरपालिका-२१ भोटेवहालस्थित न्यू क्लासी होलिडे एण्ड भान्साघरको भुँइ तलामा करिब २७ वर्षीया महिला मृत अवस्थामा फेला परेकी छन् ।

यस्तै, काठमाडौँकै गोकर्णेश्वर नगरपालिका-८ माकलबारी सानोपुल नजिक वाग्मती खोलामा करिब २६ वर्षीय पुरुष मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी, ललितपुरको गोदावरी नगरपालिका-३ फुलचोकी जङ्गलमा करिब २८ वर्षीया महिला मृत अवस्थामा फेला परेकी छन् । 

मृतक तीनैजनाको अहिलेसम्म नाम, थर, वतन खुलेको छैन । 

Tags :
प्रतिक्रिया दिनुहोस