सोमबार देशभरका फिल्म हल बन्द गर्ने चलचित्र संघको निर्णय « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सोमबार देशभरका फिल्म हल बन्द गर्ने चलचित्र संघको निर्णय


२३ भाद्र २०७९, बिहिबार


काठमाडौँ । नेपाल चलचित्र संघले सोमबार देशभरका फिल्म हलहरु बन्द गर्ने निर्णय गरेको छ ।

आज बसेको संघको कार्यसमिति बैठकले यस्तो निर्णय गरेको हो ।

सांकेतिक विरोधस्वरुप हल बन्द गर्ने निर्णय गरिएको जनाइएको छ । चलचित्र निर्माता संघले शुक्रबार मात्रै फिल्म प्रदर्शन गर्ने निर्णय गरेपछि चलचित्र संघले यस्तो निर्णय गरेको हो ।

कार्यसमिति बैठकले चरणबद्ध आन्दोलनका कार्यक्रम पनि घोषणा गरेको छ । आजै प्रेस विज्ञप्तिमार्फत संघले आन्दोलनका कार्यक्रमबारे जानकारी दिने भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस