राष्ट्रियसभाका चार विषयगत समिति सभापतिले लिए सपथ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

राष्ट्रियसभाका चार विषयगत समिति सभापतिले लिए सपथ


२३ भाद्र २०७९, बिहिबार


काठमाडौँ । राष्ट्रियसभा अन्तर्गतका चार विषयगत समितिका नवनिर्वाचित सभापतिहरुले पद तथा गोपनियताको सपथ लिएका छन् ।

बिहीबार सिंहदरबारमा राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले सभापतिहरुलाई सपथ खुवाएका हुन्।

चारवटा विषयगत समितिका सभापतिको निर्वाचनका लागि ४ जनाको उम्मेदवारी परेपछि बिहीबार नै बसेको सम्बन्धीत समितिको बैठकले उनीहरुलाई निर्विरोध सभापति चयन गरेको थियो ।

जसअनुसार दिगो विकास तथा सुशासन समितिमा प्रकाश पन्थ, विधायन व्यवस्थापन समितिमा डा.बेदुराम भुसाल, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा मायाप्रसाद शर्मा र राष्ट्रिय सरोकार तथा समन्वय समितिमा दिल कुमारी रावल थापा (पार्वती)ले सपथ लिएका हुन्।

Tags :
प्रतिक्रिया दिनुहोस