भरतपुर अस्पतालको मेसुमा डा.बगाले नियुक्त « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

भरतपुर अस्पतालको मेसुमा डा.बगाले नियुक्त


२२ भाद्र २०७९, बुधबार


काठमाडौँ । चितवनको भरतपुरको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट (मेसु) मा डा.विश्वबन्धु बगाले नियुक्त भएका छन् ।

मेसु डा. कृष्णप्रसाद पौडेललाई हटाएर स्वास्थ्य मन्त्री भवानीप्रसाद खापुङले मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै ११ औँ तहका चिकित्सक डा।बगालेलाई पठाएका हुन् ।

डा।बगाले मेसु समूहमा नै कार्यरत चिकित्सक हुन् । उनी यसअघि हेटौँडास्थित किटजन्य रोग अनुसन्धान प्रयोगशालामा कार्यरत थिए । उनले रत्ननगर बकुलहर अस्पतालको मेसु भएर लामो समय काम गरेका थिए ।

बगालेसँगै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एघारौँ तहका ८ जना अधिकृतहरूको सरुवा तथा पदस्थापन गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस