जिल्ला अदालतको फैसलाविरुद्ध पल शाहले उच्चमा पुनरावेदन दिने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

जिल्ला अदालतको फैसलाविरुद्ध पल शाहले उच्चमा पुनरावेदन दिने


२२ भाद्र २०७९, बुधबार


काठमाडौँ । बाल यौन दुरुपयोगको मुद्दामा २ वर्ष ६ महिना कैद सजाय तोकिएका अभिनेता पल (पूर्णविक्रम) शाहले उच्च अदालत पोखरामा पुनरावेदन गर्ने भएका छन् ।

नवबालिकामाथि बलात्कारको मुद्दामा मङ्गलवार नवलपुर जिल्ला अदालतले पललाई सफाइ दिए पनि बाल यौन दुरुपयोगको मुद्दामा २ वर्ष ६ महिना कैद, २५ हजार जरिवाना र १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला सुनाएको थियो ।

अदालतको पूर्ण पाठ आउनै बित्तिकै पुनरावलोकनको जाहेरी दर्ता गर्ने तयारीमा आफूहरू रहेको पलका वकिलले बताए ।

यसैबीच, तनहुँ जिल्लामा अदालतमा चलिरहेको पलविरुद्धको यस्तै प्रकृतिको अर्को मुद्दाको पेशी आगामी असोज २ गतेलाई तोकिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस