२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

केन्द्रीय मन्त्रीको नाम प्रदेशमा सिफारिस

अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) धनुषाले शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधमायाकुमारी यादवको नाम प्रदेश सभामा सिफारिस गरेको छ । 

मंगलबार बसेको जिल्ला कमिटी बैठकले निर्वाचन क्षेत्र नं. १ को ‘क’ बाट उनको नाम सिफारिस गरेको हो । 

मन्त्री यादवसहित जिल्ला अध्यक्ष देवेन्द्रकुमार यादव ‘दीपक’ र रोशन यादवको नाम सिफारिस गरिएको छ ।

यो क्षेत्रमा प्रतिनिधि सभातर्फ भने मातृका यादवको एकल नाम सिफारिस भएको छ । मातृका यसअघि सोही क्षेत्रबाट निर्वाचित भएका थिए । 

यस्तै, प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ (ख) का लागि सरोज यादव, प्रदीप साह, गुलाब यादव, सूर्यनारायण मण्डल र वीरेन्द्र महतोको नाम केन्द्रीय समितिमा सिफारिस गरेको माओवादी केन्द्रका धनुषा जिल्ला संयोजक दीपक यादवले जानकारी दिए । 

उनका अनुसार निर्वाचन क्षेत्र नं। २ बाट प्रतिनिधि सभातर्फ योगकुमार बरबरिया ‘श्रवण’को एकल नाम सिफारिस गरिएको छ । प्रदेश सभाका लागि निर्वाचन क्षेत्र नं. २ (क) बाट देवचन्द्र यादव र रेखा मण्डलको नाम सिफारिस भएको छ । निर्वाचन क्षेत्र नं. २ (ख) बाट श्यामकुमार यादव, रामकिशोर पासमान, अनिल पासमान र वैद्यनाथ मण्डलको नाम सिफारिस गरिएको छ ।

त्यस्तै, धनुषाको निर्वाचन क्षेत्र नं। ३ बाट प्रतिनिधि सभाका लागि सौखीलाल पासवान र युगेश्वर यादवको नाम सिफारिस गरिएको छ । प्रदेश सभाका लागि निर्वाचन क्षेत्र नं. ३ (क) बाट अनिल पासवान, चन्द्रशेखर साह तथा क्षेत्र नं.३ (ख) बाट महेश यादव सिफारिस भएका छन् । 

निर्वाचन क्षेत्र नं. ४ बाट प्रतिनिधि सभाका लागि देवसागर दासको एकल नाम सिफारिस गरिएको छ । धनुषाको निर्वाचन क्षेत्र नं. ४ (क) बाट प्रदेशसभा सदस्यका लागि अशोककुमार यादव, नन्दकिशोर यादव, सुरेश यादव र सुरेश मण्डलको नाम सिफारिस गरिएको छ । धनुषाको निर्वाचन क्षेत्र नं. ४ (ख) बाट प्रदेश सभा सदस्यका लागि रामकुमार महतोको एकल नाम सिफारिस गरिएको संयोजक दीपक यादवले बताए ।

प्रतिक्रिया दिनुहोस